जनजागृतीको साधारणसभा

  • ९ मंसिर २०७५, आईतवार
  • 1989 पटक पढिएको


पार्वती सुवेदी / मराङ ९ मंसिर । धवलागिरी गाउँपालिका ६ मरांगमा रहेको जनजागृति उपभोक्ता सहकारी संस्था लि.को सातौ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै वडा अध्यक्ष राजाराम सुवेदीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने र सामुदायिक रुपान्तरणको अभियानमा सहभागि हुनुपर्ने बताएका थिए ।

सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, ज्ञानबहादुर गर्बुजाको सञ्चालन र पूर्णप्रसाद सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सहकारी निरिक्षक दुर्वलराज भण्डारीले सहकारीको ऐन नियमका बारेमा जानकारी गराएका थिए ।सो अवसरमा एकल महिला गुमावती उपाध्याय र जितकुमारी गर्बुजालाई सम्मान गरिएको थियो । ६३ जना को ४३ लाख ५१ हजार ६०० रुपैयाँ शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा एक करोड ५१ लाख ८७ हजार ३६१ रुपैयाँ लगानी र एक करोड ३५ लाख ६६ हजार ५३ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

३५ लाख २१ हजार ८३१ रुपैयाँ आम्दानी र ३० लाख ९६ हजार ५३० रुपैयाँ खर्च गरेको सहकारीले चार लाख २९ हजार ३०१ रुपैया मुनाफा गरेको साधारणसभामा प्रस्तुत गरिएको थियो ।