‘१७ औँ जेसीजकप’ फुटवलको तयारी पुरा

  • ९ मंसिर २०७५, आईतवार
  • 1529 पटक पढिएको


म्याग्दी ९ मङसिर ।म्याग्दी जेसिजद्धारा निरन्तर सञ्चालन हुदै आएको अन्तरमावि १७ औँ जेसीज कप फुटवलको तयारी पुरा भएको छ । मंगलबारदेखि सदरमुकाम बेनीमा हुने १७ औ अन्तर मा.वि जेसीज कप प्रतियोगिता–२०१८ को तयारी पुरा भएको हो ।

म्याग्दी जेसीजले आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आर्थिक, प्रचारप्रसार, पूर्वाधार निर्माण लगायतका तयारी पुरा भएको जानकारी दिएको छ। प्रतियोगिताका संयोजक जेसीजका महासचिव विरेन्द्र श्रेष्ठले १८ वटा उपसमिति गठन गरेर तयारी पुरा गरिएको जानकारी दिए । । सोमबार ३ बजे जेसीज सचिवालयमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादर केसीले उद्घाटन गर्नुहुने प्रतियोगिताको मंगलबारदेखि नियमित खेल हुने छ ।

प्रतियोगितामा २० देखि २५ विद्यालयले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले बताए । विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा सञ्चालन हुदै आएको जेसीजकप विद्यालयको विश्वकप मानिन्छ ।