म्याग्दी समाचार

ज्ञान प्रकाश माविको भवन निर्माण (फोटो फिचर)

दाना २ मंसिर । अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा पूर्व गोर्खा सैनिकहरुको पहलमा कक्षा कोठा भवन निर्माण भएको छ । बेलायती पूर्व गोर्खा सैनिकहरुको पहलमा पहार ट्रस (कोष) नेपालको को सहयोगमा आठ कोठे पक्की भवन निर्माण भएको हो । कोषको ७२ लाख ११ हजार २१७ रुपैयाँ र विद्यालयको... पुरा पढ्नुहोस

कोटगाउँमा घुम्ती शिविरबाट २ सय बढी लाभान्वित

बेनी १ मंसिर । रघुगंगा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै सेवा पाएका छन् । जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र ८ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको... पुरा पढ्नुहोस

गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम

म्याग्दी, १ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शनिबार एकदिन अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न भएको छ । बेनी उपशाखाले आयोजना गरेको तालिममा अभिकर्ताको काम, कर्तब्य र जिम्मेबारी, विमा मार्फत ब्यक्तिगत बचत तथा परिवारको उन्नती, सुरक्षाका दृष्टिले जिबन विमाको महत्व, कम्पनीका विभिन्न योजनाहरुका बारेमा जानकारी गराइएको थियो... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी उत्थान साझा मञ्चको म्याग्दी समिति गठन

म्याग्दी, १ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक भेलाबाट म्याग्दी प्रवासी उत्थान साझा मञ्चको म्याग्दी जिल्ला समिति गठन भएको छ । भेलाबाट मन बहादुर चर्मकारको अध्यक्षतामा कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रेम नेपाली, सचीवमा अमीत बिश्वकर्मा , कोषाध्यक्षमा दिलमाया बिटालु र सह सचीवमा दिल गोपाल सिके... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको तीन वटा बिधेयक पारित

पोखरेबगर १ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शनिबार सम्पन्न आठौ सभासभाबाट तीन वटा बिधेयक पारित भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सुरु भएको गाउँसभा चालू आर्थिक वर्ष २०७५/७६ का लागि थप तीन करोड २७ लाख रुपैयाँ बजेट र तीन वटा बिधेयक पारित गर्दै सकिएको हो । गाउँसभामा पेश भएको... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको आँठौ गाउँसभा (फोटोफिचर)

  पोखरेबगर ३० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ का लागि थप सवा तीन करोड रुपैयाँ बजेट ल्याएको छ ।गत आर्थिक वर्षमा खर्च हुन नसकेर रहेको तीन करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम शुक्रबार पोखरबगरमा भएको आठौ गाउँसभाले पारित गरेको हो । यसअघि... पुरा पढ्नुहोस

तातोपानीकुण्ड ‘मेडिकल टुरिजमको’ रुपमा विकास हुँदै

बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात स्वास्थ्य पर्यटनको रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयको रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट विरामीहरु आउने क्रम बढीरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिहरु समेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल... पुरा पढ्नुहोस

दरवाङ म्याग्दी खोला निर्माणको सुरसार

दुखुबेशी ३० कात्तिक । पश्चिम म्याग्दीको बहुप्रतिक्षित दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माणको सुरसार भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले लामो समयको प्रतिक्षापछि २५ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माणको तयारी गरेको छ । प्रभावीत क्षेत्रका लगानीकर्ता र प्रर्वद्धकहरुबीचको बिवादका कारण वि.स २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेशन लाइसेन्स पाएको आयोजनाको... पुरा पढ्नुहोस

दुवै मृगौला पीडित डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार सहयोग

म्याग्दी १२ कात्तिक । दुवै मृगौला पीडित अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार ५०० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युके रहेको म्याग्देलीहरुको सहयोगबाट उठेको रकम शुक्रबार पीडित डौमायालाई हस्तान्तरण गरिएको हो । रोजगारको शिलशिलामा युकेमा रहेका ओम रोकाको संयोजनमा संकलन... पुरा पढ्नुहोस

तरकारी खेतीप्रती आकर्षित

बेनी ३० कार्तिक । बेनी नगरपालिका ५ मा पर्ने कुडुले, कुमाल्नी, सेतोढुङ्गा, फुर्केसल्लाका बासिन्दाहरु ब्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।सडक, सिचाँईको सुबिधा र बजारमा पहुँचमा वृद्धी भएसँगै स्थानीय कृषकहरु ब्यसायिक तरकारी खेती मार्फत आयआर्जनतर्फ अग्रसर भएका हुन् । महारानी कृषक समूह गठन गरेर कृषि प्रबिधि भित्र्याएका छन् । सदरमुकाम... पुरा पढ्नुहोस