म्याग्दी समाचार

जनता पाटी म्याग्दीको सभापतिमा पहलबहादुर खत्री

  म्याग्दी, ८ असोज । जनता पाटी जिल्ला शाखा म्याग्दीकोे सभापतिमा पहलबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको उपसभापतिमा भिमबहादुर बानियाँ, सचिवमा प्रेमप्रसाद अाचार्य , कोषाध्यक्षमा शान्ती थापा, सह–सचिवमा सिर्जना खत्री रहेको छन् । समितिको सदस्यहरुमा रामबहादुर खत्री, झलकबहादुर बानीयाँ, रामबहादुर भण्डारी, सुमन विक, दुध गिरि, डिलमाया परियार र... पुरा पढ्नुहोस

घारखोलाको काम सूचारु

बेनी ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबार दिउँसोदेखि सूचारु भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ६ घारका जनप्रतिनिधि, संघर्ष समितिका पदाधीकारी र प्रर्वद्धक कम्पनी म्याग्दी... पुरा पढ्नुहोस

रत्नेचौरमा रक्तदान

बेनी ८ असोज । बेनी नगरपालिका १ स्थित रत्नेचौर जागरण समूहको प्रथम वार्षिक उत्सवको अवसरमा सोमबार रत्नेचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाईटीको बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा ३० जनाले रक्तदान गरेका समूहका सुजन थापाले जानकारी दिनुभयो । समूहका अध्यक्ष गणेश बोगटीको अध्यक्षता र... पुरा पढ्नुहोस

महिलाहरुलाई लैङ्गिक विभेदविरुद्ध पैरवीसम्बन्धी तालिम

म्याग्दी, ८ असोज। महिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषण तालिम बेनीमा आईतबारदेखि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले कार्यक्रम... पुरा पढ्नुहोस

बक्यौता महशुल उठाउन विद्युत लाईन काटीयो

  म्याग्दी ७ असोज । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले बक्यौता महशुल उठाउनका लागि ग्राहकको लाईन काट्न थालेको छ । साठी दिनभन्दा बढी समयको महशुलन तिर्ने ग्राहक पहिचान गरेर बक्यौता महशुस संकलनका लागि लाईन काट्न थालिएको केन्द्रले जनाएको छ । पटक पटक सूचना जारी गरेपनि महशुल तिर्न अटेरी गरेकाले... पुरा पढ्नुहोस

ग्रामिण बस्तीमा विद्युत विस्तारका लागि पन्ध्र करोड भन्दा बढि  बजेट  विनियोजन

बेनी ७ असोज । पहाडी जिल्ला म्याग्दीमा यस वर्ष केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तारका लागि पन्ध्र करोड रुपैया भन्दा बढी बजेट बिनीयोजन भएको छ ।उर्जा तथाजलस्रोत मन्त्रालयले म्याग्दीका दुर्गम तथा ग्रामिण बस्तीहरुमा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवाको पहुँच विस्तारका लागि यस वर्ष उल्लेख्य मात्रामा बजेट बिनियोजन गरेको प्रतिनिधिसभा सदस्य... पुरा पढ्नुहोस

घारखोलामा किन भयो अवरोध ?

घार ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य ठप्प बनेको छ ।अन्नपूर्ण गाउँपालिका ५ शिखका बासिन्दाहरुले विभिन्न माग राख्दै म्याग्दी हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माण कार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दाहरु बाँध र सुरुङ... पुरा पढ्नुहोस

विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न

  म्याग्दी, ६ असोज । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेको सहकारीमा कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९००... पुरा पढ्नुहोस

बेनी बचतको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

  बेनी ६ असोज । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै सहकारीका पुर्व अध्यक्ष एवम् सल्लाकार टंक हमालले एक ब्यक्ति एक सहकारी सरकारको नीतिलाई पालना गर्नुपर्ने बताउँदै सहकारीको... पुरा पढ्नुहोस

बाढीपहिरो पिडितलाई राहत वितरण

बेनी ५ असोज । नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलका बासिन्दालाई जिल्ला विपद् ब्यवस्थापन समितिले शुक्रबार राहत वितरण गरेको छ । पहिरोले विद्युतको पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई एक लाख रुपैया उपलब्ध गराइएको छ । रघुगंगा नदीमा आएको... पुरा पढ्नुहोस