बेनीमा आइएमई लाइफको शाखा
- २३ पुष २०७५, सोमबार
- 2093 पटक पढिएको
बेनी २३ पुष । आइएमई लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीको सदरमुकाम बेनीमा शाखा विस्तार गरेको छ ।
बेनीको न्युरोडमा स्थापना भएको ६६ औ शाखाको कम्पनीका अध्यक्ष रामहरी आचार्यले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । अध्यक्ष आचार्यले बिमाको बारेमा सचेतना फैलाउन र सुरक्षित भविष्यका लागि बिमा प्रति आकर्षित गराउनुपर्ने बताउनुभयो ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले जोखिमको हानी न्युनीकरणका लागि बिमा उपयोगी भएकाले गाउँ बस्तीका सर्वसाधारणसम्म बिमाको पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो । कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्यायले चालू आर्थिक वर्षभित्रमा शाखा विस्तार गरेर ९० वटा पु¥याउने बताउनुभयो ।
बेनी शाखाको प्रबन्धक जमुना आचार्यले सञ्चालन, एजेन्सी म्यानेजर सुगम श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख प्रशान्तराज धमला, ग्लोबल आइएमई बैंक बेनी शाखाका प्रबन्धक भोलानाथ पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लीलाराम गौतम, एजेन्सी म्यानेजर लक्ष्मी कार्की, पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसअघि आइएमई लाइफको सेवा बागलुङ शाखाबाट हुदै आएको थियो । बेनीमा शाखा स्थापना भएपछि अभिकर्ता र बिमीतलाई सहज हुने प्रबन्धक आचार्यले बताउनुभयो ।