धवलागिरी गाउँपालिकाद्धारा विद्यार्थीलाई ओखरका बिरुवा वितरण सुरु
- २४ पुष २०७५, मंगलवार
- 1784 पटक पढिएको
पार्वती सुवेदी
मराङ २४ पुष । धवलागिरी गाउँपालीकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण सुरु गरेको छ । “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम अन्तरगत मंगलबार ६ नम्बर वडा मराङको जनविकास माविका विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण गरिएको छ ।
गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडा अध्यक्ष राजाराम सुवेदीको उपस्थितीमा ११२ जना विद्यार्थीहरुलाई दुई वटाका दरले दाँते जातका ओखरका बिरुवा वितरण गरिएको हो ।
धवलागिरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एउटा घरमा दुई वटाका दरले नदोहोरीने गरेर दाँते जातको ओखरका बिरुवा वितरण गरिने वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।