म्याग्दी समाचार

२५ बर्ष पुरा गरेको अवसरमा कैलाश विकास र्बैकंले देशभर सप्ताह कार्यक्रम

म्याग्दी, १५ असोज । कैलाश विकास बैंक लिमिटेडले २५ बर्ष पुरा गरि २६ बर्ष पुगेको अवसरमा देशभरका बैकहरुमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकको रजत जयन्ती अवसरमा शाखा बेनीले आयोजित सप्ताह कार्यक्तम सोमबारदेखि सुरु गरेको हो । विगत ५ बर्षदेखि सेवा दिदै आएको शाखा बेनीले आयोजना गरेको सप्ताह कार्यक्रमलाई... पुरा पढ्नुहोस

अमर मावि चिमखोलामा नियमित पठनपाठनको माग गर्दै आन्दोलीत विद्यार्थीहरु निष्कासित

म्याग्दी, १५ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयले कक्षा १० का २२ जना विद्यार्थीहरुलाई निष्कासन गरेको छ । बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निष्कासन गरेको... पुरा पढ्नुहोस

बिलवाङका पहिरो पिडितलाई थप राहत वितरण

दरवाङ १५ असोज । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पिडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाको दरका राहत वितरण गरेको हो । नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर... पुरा पढ्नुहोस

मराङखोलाको नहर र मुहान मर्मत

बेनी १५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका मराङका बासिन्दाले श्रमदान गरेर स्थानीय मराङखोला लघुजलविद्युत परियोजनाको नहर र मुहान मर्मत गरेका छन् । बर्खा यामको बाढी र पहिरोका कारण क्षत्ती पुगेको नहर मर्मतका लागि मराङका तिन सय भन्दा बढी घरधुरीले आईतबार श्रमदान गरेका त्यहाँबाट तेजिन्द्र पुनले जानकारी दिनुभयो । मुहानमा थुप्रिएको... पुरा पढ्नुहोस

४२ मेगावाटको मिस्त्रीखोला निर्माणमा स्थानीयको अवरोध

बेनी १४ असाेज ।  म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण स्थानीयबासीको अवरोधका कारण शनिबारदेखि ठप्प भएको छ । रोबस्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा आयोजना निर्माण कार्य बन्द गराएका हुन् ।... पुरा पढ्नुहोस

प्रेश यूनियनको अध्यक्षमा राकेश शर्मा

म्याग्दी, १४ असोज । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष सुरेन गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार... पुरा पढ्नुहोस

विद्यार्थी पुनको उपचारका लागि लायन्स दोभानको सक्रियतामा २० हजार सहयोग

म्याग्दी, १४ असोज । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयको ११ मा अध्ययरत सविन पुनको उपचारका लागि लायन्स क्लव अफ म्याग्दी दोभानको सक्रियतामा २० हजार १०० रुपैया संकलन गरि सहयोग गरिएको छ । फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका धौलागिरि गाउँपालिका– ३ मुना घर भएका पुनको उपचारका लागि सो सहयोग गरिएको हो... पुरा पढ्नुहोस

प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी

बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने... पुरा पढ्नुहोस

सामुहिक कुखुरा पालनबाट आयआर्जन

बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो । केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै... पुरा पढ्नुहोस

रोजगार व्यस्थापन सम्झौता

  बेनी १३ असोज । म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी उद्योग वाणिज्य संघ बिच शुक्रबार बेनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि रोजगार ब्यवस्थापन सम्झौता भएको छ । रोजगार ब्यवस्थापन सम्बन्धि छ बुदे सम्झौतापत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षउत्तम कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता... पुरा पढ्नुहोस