म्याग्दी समाचार
कराँतेमा स्वर्णपदक विजेता निर्मललाई राखुमा वडा कार्यालय र आमासमुहद्वारा सम्मान
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुष । स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिका–२ राखु भगवतीको वडा कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र आमासमुहको उपस्थितमा सम्मानपत्रले सम्मान गरिएको छ। भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कटुवाललाई जन्मगाउँमा वडा कार्यालयले नगदसहित सम्मान गरेको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा... पुरा पढ्नुहोस
यातयातमा सहुलियत कार्यान्वयन गर्ने सहमती
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । म्याग्दीमा सार्वजनिक यातायातमा छुटको सुबिधा कार्यान्वयन गर्ने सहमति भएको छ । प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यातायात व्यवसायीले सबै ठाउँमा सरकारले निर्धारण गरेको विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई सहुलियत सुबिधा प्रदान गर्ने निर्णय भएको हो । यातायात... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा वडामै योजना सम्झौता
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै योजना सम्झौता गर्न सुरु गरेको छ । सेवाग्राहीहरुको सुबिधाका लागि गाउँपालिकाका कर्मचारीहरु वडा कार्यालयमै पुगेर बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि उपभोक्ता समितिसँग सम्झौता सुरु गरेको हो । ४ नम्बर वडा नारच्याङमा शनिबार पहिलो पटक दश वटा उपभोक्ता समितिसँगै वडा स्तरमा योजना... पुरा पढ्नुहोस
धवलागिरिमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २६ देखि २९ गतेसम्म शिवाङको हेम माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाको शिक्षा शाखाका संयोजक तथा स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले जानकारी दिनुभयो । विद्यालय... पुरा पढ्नुहोस
मिर्गौलापिडित सुरेशलाई युकेबाट रु १ लाख तीन हजार सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुस । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट रु १ लाख तीन हजार सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदाय संगै अन्य व्यक्तीहरूबाट सो... पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार गर्न रघुगंगामा प्रअ र अध्यक्षहरुको बृहत छलफल सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुस । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले बृहत छलफल सुरु गरेको छ । गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र शैक्षिक योजनामा समेटीनुपर्ने बिषयहरुको पहिचान गर्न र गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आईतवारदेखि सुरु भएको छलफल ४ दिनसम्म जारी रहने गाउँपालिकाका प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा खम थापा मगर निर्वाचित
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
म्याग्दी, २२ पुस । म्याग्दी जेसीजको शाखा अध्यक्षमा खम थापा मगर निर्वाचित हुनुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिवार राती सम्पन्न २० औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । सन २०१९ को लागि अध्यक्ष... पुरा पढ्नुहोस
मोहनचोक–मल्लाज सडक ट्याक खुलेको दुई दशकपछि स्तरोन्नती सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
मोहनचोक २२ पुष । जलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो । ट्याक खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ । २०५५ मा... पुरा पढ्नुहोस
बगरफाँटमा आयोजित महायज्ञमा शनिबारसम्म ३२ लाख संकलन
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
बेनी २२ पुष । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ ।शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख... पुरा पढ्नुहोस
पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २१ पुष २०७५, शनिबार
म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् । त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप... पुरा पढ्नुहोस