बोलेरो दुर्घटनामा घाईते एकजनालाई थप उपचारका लागि पोखरा

  • १३ चैत्र २०७५, बुधबार
  • 2629 पटक पढिएको


म्याग्दी १३ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ ।


बेनी आउदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो जीपमा चालकसहित ६ जना सवार थिए । ६ जना मध्य तिन जना घाइतेलाई बेनी अस्पतालमा उपचारका लागि लिएको थियो । १९ बर्षिय युवती बबिता घर्तिमगर र चालक २९ बर्षिय होम बहादुर चोचाङ्गी उपचारपछि घर फर्किएकी छन् । भने मंगला गाउँपालिका ३ स्थित आल्टाकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । थप उपचारका लागि पोखरा लगिएकी घर्ति खतरामुक्त रहेकी छन् । तस्विरः लोकेशपुन मगरको फेसबुकबाट ।