म्याग्दी समाचार
मल्कबाङ्गको झार्मेफाँटमा घाँसको भारी बोकेर गोठ तर्फ फर्किदै एक स्थानीय
- 6 बर्ष, 5 महिना अगाडि
- २६ पुष २०७५, बिहीबार
मल्कबाङ्गको झार्मेफाँटमा घाँसको भारी बोकेर गोठ तर्फ फर्किदै एक स्थानीय । त्यस क्षेत्रका अधिकांस मानिसहरु कृषिमा आवद्ध छन् । तस्वीरः म्याग्दी अनलाइन पुरा पढ्नुहोस
मिर्गौला पीडित रोकालाई आर्थिक सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- २६ पुष २०७५, बिहीबार
म्याग्दी, २६ पुस । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि मिर्गौलामा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो । अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुपैयाँ सहयोग... पुरा पढ्नुहोस
एसइईमा उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई रघुगंगा गाउँपालिकाद्वारा सम्मान
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
म्याग्दी, २५ पुस । रघुगंगा गाउँपालिकाले २०७४ सालको एसईईमा उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका अन्तर्गत प्रअ र अध्यक्षहरुको बृहत छलफलको अवसरमा विद्यालयलाई सम्मान गरेको हो । गाउँपालिका अन्तर्गत एसईईमा क्रमश प्रथम दिप्तृय र तृतिय हुने अमर माध्यमिक विद्यालय, पाखापानी, मुक्तिधाम मावि राखु... पुरा पढ्नुहोस
मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन र सडक क्षेत्रअधिकार कायम
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
म्याग्दी २५ पुष । जिल्लाको मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको... पुरा पढ्नुहोस
बेनी नगरपालिका ३० वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
बेनी, २५ पुस ।बालशिक्षालाई प्रभावकारी बनाउन बेनी नगरपालिकाले ३० आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री (किटक्याट) वितरण गरिएको छ। शिक्षण विधिलाई प्रभावकारी र ब्यवहारिक बनाएर गुणस्तर शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बुधबार नगरपालिका सामाजिक विकास संयोजक एवम वडा ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल र स्रोतब्यक्ति... पुरा पढ्नुहोस
घुम्टे युवा परिवारको आयोजनामा मल्ममा शैक्षिक अन्तरकृया
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
बागलुङ पौष २४ सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा शैक्षिक अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । जनहित माध्यमिक विद्यालय मल्ममा आयोजित शैक्षिक अन्तरकृयामा आगामी शैक्षिक सत्र २०७६ देखि विद्यालयमा कक्षा ११ सञ्चालन गर्न सरोकारवालाले साझा सहमति जनाएका छन । अन्तरकृयाले अब साझा सहमति बनेकोले... पुरा पढ्नुहोस
ताराखोलामा आगलागीमा परी तीन बालबालिकाको मृत्यु
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
बागलुङ, २४ पुस । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर... पुरा पढ्नुहोस
मल्कबाङका भक्तबहादुर साढे २ दशकदेखि भेडापालनमा
- 6 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
म्याग्दी, २४ पुस । उमेरले ६१ बर्षमा लागे धौलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित भेडिखाल्टाका भक्तबहादुर फगामी । जिवनमा बुढ्यौलीले कोल्टे फेर्दै गएपनि उनको दैनिकि भने जंगलका गोठहरुमै वित्ने गरेको छ । विगत २६ बर्षदेखि व्यवसायिक भेडापालन गरेका फगामीको भेडिगोठमा अहिले करिब ४ सय भेडाबाख्रा छन् । हिउँदको चिसोमा बेशीतिर र गर्मि... पुरा पढ्नुहोस
ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी
- 6 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
ताकम २४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण गर्न लागिएको हो ।... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाद्धारा विद्यार्थीलाई ओखरका बिरुवा वितरण सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
पार्वती सुवेदी मराङ २४ पुष । धवलागिरी गाउँपालीकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण सुरु गरेको छ । “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम अन्तरगत मंगलबार ६ नम्बर वडा मराङको जनविकास माविका विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत... पुरा पढ्नुहोस