म्याग्दी समाचार

करदाता सहायता कक्ष स्थापना गर्ने सम्झौता

बेनी ४ साउन । आन्तरिक राजस्व कार्यालय बागलुङमा करदाता सहायता कक्ष स्थापना गर्ने सम्झौता भएको छ । कार्यालय, म्याग्दी, पर्वत र बागलुङ उद्योग वाणिज्य संघबीच करदातालाई आम्दानी विवरण भर्न, प्राबिधिक सहयोग र परामर्श सेवाका लागि कक्ष स्थापना गर्ने सम्झौतामा शनिबार हस्ताक्षर भएको हो । प्रमुख कर अधिकृत हेमराज सुवेदी, म्याग्दी... पुरा पढ्नुहोस

भाषा र प्रविधि सम्वन्धि पत्रकारलाई तालिम

म्याग्दी, ४ साउन । क्रियाशिल पत्रकारहरुलाई भाषा र प्रविधि सम्वन्धी दुईदिने तालिम बेनीमा संचालन गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा पत्रकारको क्षमता विकासका लागि तालिम संचालन गरिएको हो । साउन ४ र ५ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा भएको तालिममा शनिबार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक... पुरा पढ्नुहोस

पहिरो पन्छ्याएपछि बेनी–जोमसोम सडक सूचारु

बेनी ४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि शनिबार बिहानदेखि अवरुद्ध बेनी–जोमसोम सडक साँझदेखि सञ्चालनमा आएको छ । शुक्रबार राती खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा प्रभावित भएको छ । सडक मर्मतपछि मुस्ताङतर्फ र जोमसोमबाट... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा लभ्लीहिल पदमार्गमा बृक्षारोपण

म्याग्दी, ४ साउन । म्याग्दी जेसिजले बेनी, मोना– लभ्लीहिल पदमार्ग वृक्षारोपण गरेको छ । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा निर्माण गरिएको पदमार्गमा बृक्षारोपेण गरिएको हो । म्याग्दी जेसीजका अध्यक्ष खम थापामगरको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्तममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जय... पुरा पढ्नुहोस

तीज गीतमा भनियो‘आमा ६५ बर्ष नाघेनी स्कुल जानु’ (भिडियो सहित)

पछिल्लो समय तीज गितलाई सामाजिक सन्देश फैलाउने महत्वपूर्ण माध्ययम बनाईएको छ । केही बर्ष अघि सम्म महिला र दिदी बहिनीले आफ्नो दुख सुखलाई गीत मार्फत वेदना पोख्ने गरिएपनि पछिल्लो समय महिला अधिकार र शसक्तिकरणको कुराहरुलाई पनि गीतमा समावेश गर्न थालिएको छ । https://www.youtube.com/watch?v=t0ROB0Cpqfg २०७५ सालको तीजको अवसरमा बेनीमा आयोजित तिज... पुरा पढ्नुहोस

गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी ४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक शनिबार बिहानै देखि अवरुद्ध बनेको छ । शुक्रबार राती खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा ठप्प भएको हो । पहिरो खसेपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट... पुरा पढ्नुहोस

फलोअप : एसोशियसन अफ एग्रिकल्चरका कर्मचारी भन्छन– हामीलाई पनि ठगे

सन्तोष गौतम बेनी ४ साउन । कृषकलाई विउ र बिरुवा वितरण गर्ने बाहनामा रकम संकलन गरेर फरार भएका एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका सञ्चालकले आफूहरुलाई पनि ठगेको त्यहाँ कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । म्याग्दी शाखा अन्तरगत सामाजिक परिचालक पदमा कार्यरत छ जना कर्मचारीहरुले पाँच महिनादेखि तलब... पुरा पढ्नुहोस

बेनीमा कार्यालय खोलेर कृषकको लाखौ ठगेर फरार

सन्तोष गौतम बेनी ३ साउन । विउ र बिरुवा वितरण गर्ने बाहनामा एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका कर्मचारीले म्याग्दीका कृषकहरुलाई लाखौ रुपैयाँ ठगेर फरार भएका छ् । सित्तैमा विउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालन गर्नेलाई र्निब्याजी अनुदान दिने आश्वासन दिएर समूह बनाई सदस्यहरुबाट लाखौ उठाएपछि कर्मचारीहरु कार्यालय... पुरा पढ्नुहोस

आरन ब्यवसायीलाई औजार, उपकरण वितरण

  बेनी ३ साउन । म्याग्दीको मालिका गाउँपालिकाले परम्परागत आरन पेशालाई ब्यवसायिक र आधुनिकिकरण गर्नका लागि औजार, उपकरण वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बिहीबार छ लाख रुपैयाँ मूल्य बराबरका औजार, उपकरण वितरण गरिएको हो । धातुका सामान र कृषि औजार... पुरा पढ्नुहोस

कृषिको बजेट किसानको हितमा भएन

  म्याग्दी, ३ साउन । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ । संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको छ । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच... पुरा पढ्नुहोस