३७ औं विपी स्मृति दिवस बेनीमा मनाइयो
- ६ श्रावण २०७६, सोमबार
- 1781 पटक पढिएको
म्याग्दी,६ साउन । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस बेनीमा मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीले सोमबार पाटी कार्यालयमा बिपिको जिवनी, बिचार सम्झिएका छन् ।
म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले स्वर्गिय विपि कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए । वि.स २०३९ साउन ६ गते दिवंगत भएका विपीलाई नेपालको प्रजातान्त्रीक आन्दोलन र साहीत्यको विकासमा महत्वपूर्ण योगदान रुपमा उनलाई सम्झाीदै आएका छन् ।
कार्यक्रममा पुर्व सभापति डाः भुपेन्द्र खड्का ,बरिष्ठ नेता नेत्रबहादुर महत ,उपसभापति माधवप्रसाद रेग्मी, प्रवक्ता अजयमिलन श्रेष्ठ, सचिव हरिकुमार श्रेष्ठ, अधिवक्ता चिरन्जीबी शर्मा,जिल्ला सदस्य केब भण्डारी नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन र बेनी नगर सभापति अनोद श्रेष्ठ लगायतको उपस्थित भएको थियो । कार्यक्रमको संचालन सचिव क्याप्टेन मिन बहादुर कार्कीले गरेका थिए ।