म्याग्दी समाचार

लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिचित्त

म्याग्दी, ११ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्त रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरणमा २० वटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य र निर्वतनमान अध्यक्ष लोकेश पुनमगर... पुरा पढ्नुहोस

पर्वत बेनी–मल्लाज पदमार्गमा वृक्षारोपण

म्याग्दी ११ साउन । जलजला गाउँपालिकाको पर्वत बेनीदेखि मल्लाज जाने पदमार्गमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजको आयोजना र स्थानीय संघ संस्थाहरुको सहभागितामा गरिएको बृक्षारोपण कार्यक्रममा पदमार्गकाे दायाँ र बायाँ विभिन्न विरुवा रोपण गरिएको थियो । पदमार्गको सुरुवात हुने कालिपुलदेखि विश्रामस्थल सम्म सल्लो, सिसौ, रायखन्यु, फुल लगायतको... पुरा पढ्नुहोस

लायन्स क्लवहरुद्धारा १०८ बरपिपल रोपियो

बेनी ११ साउन । बेनी स्थित लायन्स क्लवहरुले संयुक्त रुपमा शनिबार १०८ बरपिपलका बिरुवा रोपेका छन् । बेनी नगरपालिका–६ चुत्रेनीमा १०८ वटा बरपिपलको बिरुवा रोपिएको हो । बेनीमा लायन्स क्लवहरुको सहभागितामा संयुक्त रुपमा बरपिपलका बिरुवा रोपिएको लायन सुबिन श्रेष्ठले जानकारी दिनुभयो । धार्मिक हिसाबले महत्व राख्ने बरपिपलको वातावरणीय फाइन समेत... पुरा पढ्नुहोस

आबास स्मृति अक्षयकोषबाट आर्थिक सहयोग

म्याग्दी ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थापना गरिएको आबास स्मृति अक्षयकोषबाट रु ५५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । विभिन्न रोगबाट पिडित भएर उपचाररत ५ जनालाई रु १० हजारका दरले उपचार सहायता प्रदान गरिएको छ । भावि शेरपुञ्जा, टेक बहादुर गर्वुजा, दिलमायाँ गर्वुजा, खुसी गर्वुजा र देवी... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनका सम्पादक खत्रीलाई शिक्षा पत्रकारिता पुरस्कार

म्याग्दी १० साउन । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री पुरस्कृत हुने भएका छन् । महासंघ र केन्द्रले प्रदान गर्ने विभिन्न ३५ वटा पुरस्कार मध्ये ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’बाट म्याग्दी अनलाईन डटकम र... पुरा पढ्नुहोस

उद्योगी ब्यवसायीको म्याग्दीमा नयाँ संस्था : चेम्वरको अध्यक्षमा रकाल

म्याग्दी, १० साउन । म्याग्दीमा उद्योगी ब्यवासायीको नयाँ संस्था जन्मीएको छ । देश ब्यापीरुपमा संजाल रहेको नेपाल चेम्वर अफ कमर्सले म्याग्दीमा विधिवत रुपमा शाखा विस्तार गरेको हो । बेनीमा भएको ब्यवसायीहरुको भेलाले भरत रकालको अध्यक्षता नेपाल चेम्वर अफ कर्मशको तदर्थ समिति गठन गरेका छन् । विक्रम संवत २००७ सालमा स्थापना... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको विपद् प्रतिकार्य योजना

  बेनी १० साउन । म्याग्दीको बेनी नगरपालिकाले विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागेको छ ।  योजना निर्माणका लागि शुक्रबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको आयोजनामा अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुबीच जोखिमको पहिचान, क्षति न्युनीकरण, विपद् व्यवस्थापनको तयारी, राहत तथा उद्दारको विषयमा छलफल... पुरा पढ्नुहोस

पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यू टावर निर्माण (फोटो फिचर)

कमल खत्री /जगत बानियाँ म्याग्दी १० साउन ।  म्याग्दीको मंगला गाउँपालिका – ३ मा अवस्थित पर्यटकीय स्थल झाँक्रीपानीमा दुष्य अवलोकन स्थल (भ्यूटावर) निर्माण भएको छ । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत रु १० लाख र स्थानीयको ६ लाख... पुरा पढ्नुहोस

दिच्यामका युवाहरु ब्यवसायिक किवि खेतीमा आकर्षित

म्याग्दी, १० असार । पछिल्लो समय म्याग्दीका युवाहरु ब्यवसायिक उत्पादनमूलक खेतीमा आकर्षित बन्दै गएका छन् । भुगोलअनुसार स्थानीय स्रोत साधनहरु परिचालन गर्दै मालिका गाउँपालिका– ६ दिच्यामका युवाहरु ब्यवसायिक कृषि र फलफूल खेतीमा आकर्षित भएका हुन् । बजारमा किविको माग बढेपछि मालिका गाउँपालिका – ६ दिच्यामका दिपक रोकाले ७० ओटा किविका... पुरा पढ्नुहोस

बेनी बजार भित्र्ने बैकल्पिक सडक सञ्चालन

बेनी १० साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा बढ्दो सवारी जामको समस्या हटाउनका लागि बैकल्पिक सडक सञ्चालन गरिएको छ । बेनी नगरपालिकाले वडा न. ८ कालीपुल देखि विद्युत प्राधिकरणको कार्यालय भएको घर हुदै गणेशटोल जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो । यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पिपलचोक क्षेत्रमा हुने... पुरा पढ्नुहोस