म्याग्दी समाचार

उडुस मार्ने बिषादी खाँदा बालकको ज्यान गयो

  बेनी ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा झुक्किएर उडुस मार्ने बिषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दूध जस्तै सेतो देखेपछि उडुस मार्ने “सेल्फोस” नामको बिषादी पिएका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो... पुरा पढ्नुहोस

फर्से धाइरीङ माविको भवन पुनःनिर्माण

  बेनी, ७ असोज । जलजला गाउँपालिका–७ मा रहेको फर्से धाइरीङ माविको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७२ को भूकम्पले जिर्ण बनेको पुरानो भवन भत्काएर चार कोठे दुई तले भूकम्प प्रतिरोधी क्षमताको भवन पुननिर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), गाउँपालिका, कालीगण्डकी कोरीडोर... पुरा पढ्नुहोस

ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव

  दाना, ७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविको ४४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाएको छ ।२०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा जिल्लाको सामुदायिक विद्यालयतर्फ उत्कृष्ट र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको नमुना विद्यालय कार्यक्रमका लागि छनौट भएको ज्ञानप्रकाश माविले वार्षिकोत्सवको अवसरमा... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले–भगवती सडकमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग

म्याग्दी, ६ असोज । रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती सडकमा गुणस्तहिन सामाग्री प्रयोग गरिएको छ । २०७८ जेठमा सम्पन्न गर्ने लक्षसहित स्तरोन्नति र कालोपत्रे कामलाई तिव्रता दिएको आयोजनामा पिप्ले अन्तरगत पर्खाल निर्माणमा गुणस्तरहिन मसाला प्रयोग गरिएको पाइएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम... पुरा पढ्नुहोस

कृषि र पशुपालनबाट आत्मनिर्भर : स्वदेशकै माटोबाट समृद्धिको सन्देश

धिरन खत्री म्याग्दी, ५ असोज । केहि समय अघि सम्म स्वदेशमा ठुलो लगानी गर्न नसक्ने र राम्रो अध्ययन गर्न नपाएकाहरु खासगरि विदेश पलायन हुने गर्थे । कतिपय विदेश पुगेकाहरुले राम्रै उपलब्धी पनि हाँसिल गरेका छन् । तर पछिल्लो समय विदेश जानेको ‘ट्रेन’ फेरिएको छ । अध्ययन गरेका र आर्थिक रुपमा... पुरा पढ्नुहोस

बाढी पीडितलाई राहत

  म्याग्दी, ५ असोज । बेनी नगरपालिका– २ बगरफाँटका बाढी पडितहरुलाई आइतबार राहत वितरण गरिएको छ । बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटीले बाढीमा वेपत्ता बालिकाहरुका आफन्त र घरबास गुमाएकाहरुलाई नगद तथा राहत सामग्री वितरण गरेका हुन् । बेनी नगरपालिकाले वेपत्ता प्रविना र अनुष्का परियारका अभिभावकलाई एक÷एक लाख... पुरा पढ्नुहोस

गुडीरहेको जिपमा खसेको ढुङ्गाले लागेर तीन यात्रु घाइते

  बेनी, ५ असोज । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा आइतबार गुडिरहेको जिपमा भिरबाट खसेको ढुङ्गाले चोट लागेर तीन जना घाइते भएका छन् ।जोमसोम देखि बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले चोट लागेर रुपन्देहीको देवदह नगरपालिका–५ का ७१ वर्षीय यामबहादुर वि.क, उनकी... पुरा पढ्नुहोस

लायन्स बेनी पिस सिटीद्धारा बगरफाँटका बाढीपीडितलाई राहत सामाग्री वितरण

  म्याग्दी, ५ असोज । लायन्स बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ बगरफाँटका बाढीपिडितलाइ राहत सामाग्री वितरण गरेका छन् । सिटिद्धारा ३६ हजार बराबरको तिन परियारलाई ग्यास चुलो र भाडाको सेट वितरण गरेको हो । सिटिका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य, निर्वतमान अध्यक्ष लोकेश पुनमगर लगायतको कार्यसमितिको उपस्थितमा... पुरा पढ्नुहोस

अर्थुङ्गे युवा क्लवको अध्यक्षमा पुनः शिशिर शाही : पाचौँ अथुङ्गे कप आयोजना

म्याग्दी, ५ असोज । अर्थुङ्गे युवा क्लवको प्रथम साधारण सभा तथा अघिवेशनबाट पुनः शिशिर शाहीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा विवेक हमाल, सचिवमा सुवास विक, सह–सचिवमा भरत सुवेदी र अन्जना बानियाँ,  कोषाध्यक्षमा गणेश हमाल रहेको कार्यसमितिको सदस्यहरुमा शिरिष हमाल विराज खत्री, किस्मत बानियाँ, विजय बानियाँ, दिपक विश्वकर्मा,... पुरा पढ्नुहोस

कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षतिः दुई बालिका बेपत्ता

म्याग्दी, ५ असोज । बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बेपत्ता भएका छन् । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ६ बर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् । बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर... पुरा पढ्नुहोस