म्याग्दी समाचार

पुर्ब मन्त्री थापाको पहलमा बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण

समीर रोका मगर म्याग्दी २४ मंसिर । म्याग्दिको बेनि नगरपालिका १० का सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थीहरुलाई सोमबार शैक्षिक साम्रगी सहित झोला बितरण गरिएको छ । दिपक माध्यमिक बिधालय पात्लेखेत र बिद्योदय माध्यमिक बिधालय वाखेतका प्राथमिक तहमा अध्ययन गर्ने गरिब, बिपन्न अपाङ्ग र जेहन्दार १०२ जना बिद्यार्थीहरुलाई कापी, पेन्सिल ,किट्बक्स ,... पुरा पढ्नुहोस

विप्लव बागलुङका सेक्रेटरी कुँवर फेरि अदालतबाटै पक्राउ

मंसिर, २३ बागलुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन्। राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुँवरलाई बागलुङ जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बागलुङ कारागारमा... पुरा पढ्नुहोस

गौमहोत्सवमा आर्थिक सहयोग गर्नेको लर्को, विभिन्न स्थानीय तहबाट ५८ लाख भन्दा वढीको प्रतिबद्धता

मंसिर २२ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा जारी गौमहोत्सवको चौथो दिन जलजला गाउँपालिका र विभिन्न वडा कार्यालयबाट गौशालाको पूर्वाधार विकासमा ५८ लाख पचास हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले गौशालामा भौतिक पूर्वाधार... पुरा पढ्नुहोस

गौमहोत्सव हिन्दु धर्मको रक्षाका लागि सहयोगी बन्ने सभापति देउवाको भनाई ( फोटो फिचर)

https://www.youtube.com/watch?v=BSlKTnAeFFU&feature=youtu.be म्याग्दी २२ मंसिर। पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्नुभएको छ । गौमहोत्सवको अवलोकन गर्दै सभापती देउवाले प्राचिन कालदेखि चल्दै आएको हिन्दु धर्मको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धर्म परिवर्तन गर्ने कार्यहरु भैरहेकोप्रति... पुरा पढ्नुहोस

जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा छोरा र भाईको जन्मदिनको खर्च अपांगता भएका घिमिरेलाई सहयोग

म्याग्दी २२ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसी(खत्री)ले आफ्नो छोरा र भाईको जन्मदिनको अवसरमा अपांगता भएका कृष्णबहादुर घिमिरेलाई सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले छोरा अप्सन र भाई किसोरको जन्मदिनको अवसरमा बेनी नगरपालिका–२ ज्यामरुकोट, आम्बोटका अपांगता... पुरा पढ्नुहोस

म्याग्दी बचत तथा ऋण सहकारीको साधारणसभा, अध्यक्षमा पुन चयन

म्याग्दी २२ मङ्सिर । काठमाण्डौमा म्याग्देलीहरुद्धारा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभाबाट थदेवी पुनको नेतृत्वमा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरिएको छ । सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, धनलाल जैशी, सचिव दिपबहादुर छन्त्याल, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सह–सचिव टकबहादुर थापा, सह–कोषाध्यक्ष छकप्रसाद... पुरा पढ्नुहोस

गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकाकारवालाको चासो

थम्मन थापा बागलुङ मंसिर २१ । गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं... पुरा पढ्नुहोस

श्रमिक महिला हिंसा न्युनिकरणका लागि बेनीमा अन्तरक्रिया

म्याग्दी, २१ मंसिर । श्रमिक महिला हिंसा न्युनिकरणका लागि स्थानीय सरकार, श्रमिकहरु र सरोकारवालहरुसंग टे«ड यूनियनको भुमिकाबारे शनिबार बेनीमा छलफल गरिएको छ। नेपाल टे«ड युनियन महांसंघ जिफ्ट नगर कमिटि तथा क्युफेक नेपालको आयोजना, बेनी नगरपालिका, मिलन म्याग्दी, सुहारा, राष्ट्रिय महिला अधिकार मञ्चको सहयोगमा महिला हिंसा न्युनिकरणसम्वन्धी छलफल गरिएको हो ।... पुरा पढ्नुहोस

मिलनचोकमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख संकलन

मंसिर २१ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख रुपैयाँ संकलन भएको छ । धाइरिङ निवासी हाल बेलायतमा वासोबास गर्नुहुने एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको परिवारले १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी महोत्सवको दोस्रो दिनको सभानायक... पुरा पढ्नुहोस

मराङमा स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु

बेनी, २० मंसिर । धवलागिरी गाउँपालिका–६ मराङमा शुक्रबार देखि स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिलाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । शनिबार सम्म सञ्चालन हुने शिविरमा लमजुङ सामुदायिक अस्पतालका... पुरा पढ्नुहोस