म्याग्दी समाचार
पुननिर्माण अभियानले विद्यालयको स्वरुप फेरिँदै, २५ विद्यालय भवन निर्माण
- 5 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
म्याग्दी, २४ पुस । म्याग्दीमा विद्यालय पुननिर्माण अभियानले गति लिएको छ । २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त घर र सामुदायिक विद्यालय पुननिर्माण अभियान अन्तर्गत आवास पुननिर्माण सुस्त बनेपनि विद्यालय भवन पुननिर्माणले भने विद्यालयहरुको स्वरुप नै फेरिन थालेको छ । म्याग्दीमा विद्यालय पुननिर्माण सुरु भएको तीन बर्षको अवधधिमा २५ वटा विद्यालय पुननिर्माण... पुरा पढ्नुहोस
म्याग्दी र मुस्ताङको सिमा विवाद समाधान गर्न दुबै पक्ष सहमत
- 5 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
बेनी, २४ पुस । म्याग्दी र मुस्ताङ जिल्लाबिच देखिएको सिमा विवाद समाधानको लागि दुबैपक्षबिच सझदारी भएको छ । बर्षौदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको सिमा क्षेत्रमा बिवाद रहँदै आएको छ । बुधवार दुबै जिल्लाका सरोकारवालाहरुको बृहत छलफलबाट नापि विभागको नक्सा बमोजिम विवाद सुल्झाउने समझदारी भएको हो... पुरा पढ्नुहोस
मोडल अफ म्याग्दी बेनीमा हुने
- 5 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
म्याग्दी,२४ पुस । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा.लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा उतकृष्ट प्रतियोगिलाई... पुरा पढ्नुहोस
भिम माविले मनायो ६०औं बार्षिकोत्सव तथा खेलकुद सप्ताह
- 5 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
यामनाथ पौडेल देविस्थान ,२४ पुस । म्याग्दीको पश्चिम मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माध्यपमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले ६० औँ बार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह तथा अभिभावक दिवस सहित विविध कार्यक्रमको अयोजना गरि मनाएको हो । २० गतेदेखी तीन दिन सम्म... पुरा पढ्नुहोस
हाइप्रोफाइल खासखुस (फोटा कथा)
- 5 बर्ष, 11 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
म्याग्दी २३ पुस । औपचारिक कार्यक्रम । अत्यासलाग्दा मन्तव्य । नेपाली समुदायमा निकै पेचिलो समस्या बन्दै गएको छ । यतिसम्मकी कार्यक्रमका मुख्य बक्ता बोल्ने समयमा सहभागी नै रित्तिने अबस्था समेत सिर्जना हुने समयसम्म पनि हाम्रा कार्यक्रममा शुभकामना दिने व्यक्तिहरुको नाम लहर सकिदैन् । कतिपय व्यवस्थित तवरले छोटो समयसिमाभित्र सम्पन्न गर्ने... पुरा पढ्नुहोस
बेनीमा माघेसक्रान्ति मेला हुने
- 5 बर्ष, 11 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
म्याग्दी, २३ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको मेलाले यस बर्षपनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत महिला उद्यम विकास समितिले पर्वको अवसरमा दुईदिने माघे सक्रान्ति मेला आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर यही पुस २९ र माघ... पुरा पढ्नुहोस
विश्वकर्माले ल्याए ‘गंगा जमुना’काे स्वरमा अर्को सन्देशमुलक गीत (भिडियाे सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
'सगरमाथाको देश हाम्रो नेपाल ' जस्तो सर्वप्रिय गीत र 'हामी विश्वकर्मा ' जस्तो विश्वकर्मा जातिको गौरवगाथाको गीत प्रस्तुत गरिसकेका म्याग्देली कलाकार विकास विश्वकर्माले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । आजको वैज्ञानिक तथा सभ्य भनिएको समाजमा पनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने अन्धविश्वासबाट ग्रसित मानसिकता अझै सफा हुन नसकेको... पुरा पढ्नुहोस
सुन्तला खेतीमा भएको चुनौती न्यूनिकरण गर्न कृषकसंग अन्तरक्रिया
- 5 बर्ष, 11 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुन्तला कृषकलाई सुन्तला बगैचा ब्यवस्थापन सम्वन्धि मंगलबार तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाइ म्याग्दीको आयोजनामा सुन्तलाका दानाहरुमा औसाँको समस्या, झर्ने र बोटहरुका हांगा सुक्ने लगायतका विभिन्न रोगहरुको निराकरण गर्ने सम्वन्धी भुरुङतातोपानी, दाना, नारच्याङका कृषकलाई तालिम दिएको... पुरा पढ्नुहोस
जिसस सभाहल उद्घाटन, ‘संघिय सरकारसंग सहकार्य र संघर्ष’ : मुख्यमन्त्री गुरुङ (भिडियो र तस्बिर सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
बेनी, २२ पुस । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारसंग प्रदेश सरकारको सहकार्य र संघर्ष दुबै रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित भवनको मंगलवार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नयाँ अभ्यासको रुपमा कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेश सरकारको अधिकारको लागि संघर्ष र विकास र... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी नन्दकुमारी भण्डारीले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । आफ्नो ६१ औँ जन्मदिनको अवसरमा भण्डारीले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई रु १५ हजार बराबरको जुत्ता, मोजा र लत्ताकपडा सहयोग गर्नुभएको हो । दृष्टिविहिन स्रोत... पुरा पढ्नुहोस