रुकुम चौरजहारी जान गोरखादेखि म्याग्दी आएका मजदुरलाई यसरी भयो उद्धार (भिडियो सहित)
- १० बैशाख २०७७, बुधबार
- 1665 पटक पढिएको
म्याग्दी १० वैशाख । गोरखामा मजदुरी गर्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ९ जना मजदुरहरुको बेनीबाट उद्धार भएको छ । पैदलै घर जाने निचोडले गोरखाबाट पोखरा, कुस्मा हुँदै बेनी आएका मजदुरहरुलाई प्रशासन, पत्रकार, उद्योग बाणिज्य संघ र मजदुर संगठनको पहलमा उनीहरुलाई बेनीबाट बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पु¥याउने गरि उद्धार गरिएको हो ।
पोखराबाट कुस्मा सम्म सवारीमा आएका उनीहरु म्याग्दीको बेनी, दरबाङ हुँदै करिब ५ दिनमा घर पुग्ने गरि यहाँबाट पैदल यात्राको लागि प्रहरी र प्रशासनको अनुमतीको पर्खाइमा रहेका थिए । मजदुरहरुको संगठन क्युपेक म्याग्दीकी नेतृ देवी राईले मजदुरहरुको समस्याबारे पत्रकार र प्रशासनलाई जानकारी गराउनुभएको थियो ।
सो लगत्तै बेनीमा क्रियाशिल रहेका पत्रकारहरुले उनीहरुको समस्या बुझ्ने काम गरी उनीहरुको सहज गन्तव्य जाने यात्राको लागि प्रहरी, प्रशासनसंग थप समन्वय गरेका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बागलुङ प्रशासनसंग समन्वय गरि उनीहरुलाई बागलुङ हुँदै जानको लागि आबश्यक सहजीकरण गनुृभएको थियो ।
म्याग्दी प्रशासनको पहलमा उनीहरुलाई बेनीबाट मालढुंगासम्म सवारी मार्फत पु¥याईएको छ । उनीहरुलाई बागलुङमा प्रशासन र स्थानीय तह मार्फत खाना र बुर्तिबाङ सम्म पु¥याउने समझदारी भएको छ । बुर्तिबाङदेखि भने रुकुमकै प्रशासनले उनीहरुको उद्धार गर्ने भएको छ ।गन्तव्यमा पुग्न नसक्ने अबस्था आएको सन्दर्भमा पनि आफुहरुलाई सहज रुपमा घर जाने वातावरण मिलाइदिएकोमा मजदुर पवन केसीले आभार ब्यक्त गरेका छन् । उनीहरुलाई लायन्स क्लब बेनी पिस सिटीले बाटोमा खाजा खाने बन्दोबस्तको लागि आबश्यक सामान सहयोग गरेको छ ।
