म्याग्दी समाचार

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा वकिल केसीको उम्मेद्वारी

बेनी  १२ असाेज। नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि म्याग्दीका वकिल केसीले उम्मेद्वारी दिने भएका छन । कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन । पोर्चुगलमा आगामी अक्टुबर ३ मा समितिको अधिवेशन गर्ने तयारी छ । यसका लागि अन्य दुई जनाले अध्यक्षमा... पुरा पढ्नुहोस

मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना... पुरा पढ्नुहोस

रघुगंगा ३ पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । सोमबार रघुगंगा गाउँपालिका–३ पिप्लेमा आयोजित भेलाबाट सुरेन्द्र मल्लको अध्यक्षतामा ११५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा जगत विक र द्धितिय उपाध्यक्षमा गोपाल राना मगर, सचिबमा दिनेश चन्द,... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ १०

मान्छे र कालीगण्डकी ———————— © राखी गौचन जन्म र मृत्यबीचको छोटो दुरीलाई के कुनै एकाइ छ नाप्ने ? तर एउटा इतिहास लेखिन सक्छ सुखद बाचिरह्यो भने कालीगण्डकीको निलो पानी हाँसिरह्यौ भने शालिग्राम निस्फिक्री बगरमा खिइँदै जानुमा र खियाउँदै लैजानुमा फरक नदेख्ने आँखाहरुबाट पक्कै बग्दैन आँसु बेचेर माटोको रङ कस्तो भविष्य... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजनाको काम बाह्र वर्षमा मात्रै ३० प्रतिशत

म्याग्दी ११ असाेज । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीका ६ वटै पालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी १० असोज । नेपाली काँग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । शनिवार र आईतवार गरि दुई दिनमा सम्पन्न ५ गाउँपालिका र एक नगरपालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन भएको हो । अधिबेशन अन्तर्गत बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट... पुरा पढ्नुहोस

काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी,मिश्रित परिणाम

म्याग्दी १० असोज । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रविन्द्र कार्की (रवि) निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ ।... पुरा पढ्नुहोस

कांग्रेस बेनी नगरपालिकामा मतगणना सुरु

म्याग्दी १० असोज । नेपाली कांग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन नभएपछि आइतबार विहान साढे ११ बजेदेखि ५ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मतदान भएको थियो । सभापतिका उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्की सहित दुई प्यानल पदाधिकारीका लागि खसेको मतको... पुरा पढ्नुहोस

नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिर सहित)

म्याग्दी १० असोज । नेपाली काँग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि दुई समूहबिच प्यानल उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा छन् । आइतबार विहान साढे ११ बजेबाट बेनीको जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यासी उम्मेदवार विक्रम बोगटी... पुरा पढ्नुहोस

गिठीनीमा माओवादी केन्द्रको टोल कमिटी गठन

म्याग्दी, १० असोज । बेनी नगरपालिका-९ स्थित गिठीनीमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । राजेन्द्र खत्रीको अध्यक्षतामा माओवादी केन्द्रको १३ सदस्यीय टोल कमिटी गठन गरिएको बाईसिएल म्याग्दीका संयोजक सन्दिप खत्रीले जानकारी दिए ।   माओवादीको टोल कमिटीको सचिबमा मनप्रसाद विश्वकर्मा रहेका छन भने सदस्यहरुमा गणेश सापकोटा,... पुरा पढ्नुहोस