म्याग्दी समाचार

न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा

  म्याग्दी, २१ पुस । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार उदय... पुरा पढ्नुहोस

पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न

म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै... पुरा पढ्नुहोस

म्याग्दीमै पहिलोपटक स्नातक तहमा सूचना प्रविधिको अध्यापन हुने

म्याग्दी २१ पुस । म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ । समय सुहाउँदो प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण देखिएपछि सूचना तथा सञ्चार प्रविधि शिक्षा BICTE को अध्यापनका लागि अहिले प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरिसकेको छ । आगामी फागुन १ गते... पुरा पढ्नुहोस

म्याग्दीमा एमाले जिल्ला अधिवेशनको तयारी तिब्र

म्याग्दी २० पुस । नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पुस २३ र २४ गते सदरमुकाम बेनीमा हुने अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोटको काम सकिएको छ । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि जिल्ला स्तरका नेता आन्तरिक तयारीमा जुटिरहेका... पुरा पढ्नुहोस

बहराइनमा नै ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग

म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो । मंगलवार बेनीमा मोनाका... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक स्तरोन्नती गरिँदै (तस्बिर)

बेनी, २० पुस । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी क्षेत्रमा सडक स्तरोन्नती गरिँदै । यस सडकखण्डमा म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत मुस्ताङको कोरला सम्मकोे सडकलाई स्तरोन्नती गर्ने काम भैरहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

दरबाङ म्याग्दीखोलाको सुरुङ खन्ने तयारी ( तस्वीर)

बेनी, २० पुस म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणको तयारी गरिँदै । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनील निर्माण गर्न लागेको यस आयोजनाको सुरुङमार्ग निर्माण सुरु भएको छ । तस्वीर ः कमल खत्री पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन

म्याग्दी १९ पुस । म्याग्दी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औ अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), कोषाध्यक्षमा राजकुमार थापा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका सबै वडालाई बालश्रममुक्त घोषणा

बेनी, १९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । सोमबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाको ८ वटै वडालाई... पुरा पढ्नुहोस

क्षमता अभिवृद्धि पत्रकारीता तालिम सम्पन्न

  बेनी, १९ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानाीमा आयोजित पत्रकारको क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छे । तीन दिनसम्म संचालनभएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो । तालिमा उपस्थित पत्रकारलाई खोज, फिचर, फोटो र भिडियो सम्बन्धी प्राबिधिक... पुरा पढ्नुहोस