स्थानीय तहका विषयगत समितिलाई क्षमता विकास सम्वन्धी प्रशिक्षण

  • ३ जेष्ठ २०८०, बुधबार
  • धिरन खत्री
  • 282 पटक पढिएको

 

म्याग्दी, ३ जेठ । म्याग्दीमा स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका जनप्रतिनिधिहरुलाई क्षमता विकास सम्वन्धी जिसस सभाहलमा तालिम संचालन गरिएको हो ।


दुई दिनसम्म (बुधबार र बिहिबार) संचालन हुने तालिममा क्षमता विकास विज्ञ पंकज अधिकारी र शाखा अधिकृत प्रकाश ओझाले विषयगत समितिका पदाधिकारीलाई विभिन्न विषयमा प्रशिक्षण गराउनुहुने छ । तालिममा क्षमता विकास विज्ञ पंकज अधिकारीले स्थानीय तहका जनप्रतिनिधिले वस्तिस्तर र वडास्तररमा योजना छनौट, प्राथमिकता, योजना छनौटको अभ्यास, स्थानीय तहमा समिति उपसमिति गठन, योजना तर्जुमा प्रक्रियामा समितिहरुको भूमिका विषयमा प्रशिक्षण गराउनुहुने छ ।


त्यस्तै म्याग्दीका जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेलले स्थानीय तहको काम, कर्तव्य र अधिकारमा सरोकारवालाहरुको भूमिकाबारे, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले लैंगिक समानता र सामाजिक समावेशीकरण विषयमा र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका शाखा अधिकृत प्रकाश ओझाले शासन, सुशासन र कार्यसम्पादन सम्वन्धी विषयगत समितिका संयोजकलाई जानकारी गराउनुहुने छ ।


जिल्ला समन्वय अधिकारी राजकुमार थापाको अध्यक्षतामा भएको क्षमता विकास कार्यक्रमको उद्घाटन सत्रमा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गवुर्जाले तालिमबाट प्राप्त ज्ञानले आगामी आर्थिक बर्षको बजेट तर्जुमा र सेवाप्रवाहलाई सहज रुपमा अघि बढाउन सहयोग पु¥याउने उद्घोष गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय तहबाट समाधान हुने विषयमा वडाअध्यक्षहरुले साना साना सिफारिसलाई प्रशासनमा नपठाउन आग्रह गरे । उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत उपस्थित रहेको कार्यक्रममा पत्रकार घनश्याम खड्काले मन्तव्य राख्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l