म्याग्दी समाचार
वृद्ध आरोही मीनबहादुर शेरचनको निधन
- 8 बर्ष, 11 महिना अगाडि
- २४ बैशाख २०७४, आईतवार
काठमाडौं, २३ बैशाख । फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।... पुरा पढ्नुहोस
दोबामा काँग्रेसको आमसभा सम्पन्न
- 8 बर्ष, 11 महिना अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी, २२ बैशाख । अन्नपूर्ण गाउँपालिका–१ दोबामा नेपाली काँग्रेसले आमसभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस दोबाका सभापति सुर्यप्रसाद पुर्जाको अध्यक्षतामा सम्पन्न भएको आसमभालाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गाउँपालिकाको समृद्धि र विकासका लागि काँग्रेसका उम्मेदवारीलाई विजयी गराउन आवश्यक रहेको बताए । गाउँपालिकाको प्रमुखमा विजयी भएमा कुनै... पुरा पढ्नुहोस
भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा
- 8 बर्ष, 11 महिना अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ । एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार... पुरा पढ्नुहोस
चौध जनाले हतियार बुझाए
- 8 बर्ष, 11 महिना अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी २२ बैशाख । निर्वाचन सुरक्षाका लागि म्याग्दीमा स्थानीय प्रशासनले गरेको आग्रह स्वीकार गर्दै १४ जनाले प्रहरीमा हतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत चैतमा सार्वजनीक सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि अनुमती लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको थियो ।... पुरा पढ्नुहोस
हावाहुरीले विद्यालयको छानो उडायो
- 8 बर्ष, 11 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
म्याग्दी, २१ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङ स्थित राम्चे प्राबिको कक्षा कोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । बेजोडका साथ चलेको हावाहुरीले २ कोठे भवनको जस्तापाटाको छानो उडाएको विद्यालयका प्रअ छोटेलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार विद्यालयको प्रशासनीक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको... पुरा पढ्नुहोस
दिच्याममा माओवादीको चुनावी सभा
- 8 बर्ष, 11 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
म्याग्दी, २१ वैशाख । नेकपा माओवादी केन्द्र मालीका गाउँपालीकाले चुनाव प्रचारका क्रममा बिहीबार ६ नम्बर वडाको दिच्याममा चुनावी सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रको गाउँपालीका अध्यक्षका उमेद्वार कमल केसी र उपाध्यक्षको उमेद्वार गौरी सेञ्चुरीले माओवादीको एजेण्डा अनुसार सिहदरबारको अधिकार गाउँ, नगरमा आएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न,... पुरा पढ्नुहोस
म्याग्दीमा तिस जनाको उमेद्वारी फिर्ता
- 8 बर्ष, 11 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
बेनी २१ बैशाख । स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका तिस जनाले बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४... पुरा पढ्नुहोस
केन्द्र विवादमा रहेको रघुगंगा गाउँपालिकामाः दिनभर सुनसान, रातीसम्म उम्मेदवारी
- 8 बर्ष, 11 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
मंगलवार वैशाख १९ गतेको दिन । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिन थियो । आकास कालो बादलले घपक्क ढाकेको थियो । मानौ आकासबाट पानी जतिसुकैबेला झर्न सक्छ । बेनीबाट तिन घण्टाको माईक्रो बसको यात्रा हुँदै पाखापानी पुग्दा यस्तै दृष्य देखियो । रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र... पुरा पढ्नुहोस
मनोनयन दर्तासंगै म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढ्यो
- 8 बर्ष, 11 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
म्याग्दी, २१ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिती नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दलहरुले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको मनोनयन दर्ता गरेसंगै चुनावी चहलपहलले तिब्रता पाएको हो । म्याग्दीमा नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ती, राष्ट्रिय... पुरा पढ्नुहोस
कवि अधिकारीसंग साक्षात्कार
- 8 बर्ष, 11 महिना अगाडि
- २१ बैशाख २०७४, बिहीबार
म्याग्दी २१ बैशाख । कवि तथा गीतकार दिनेश अधिकारीसंग बिहीबार पर्वत बेनीमा साक्षात्कार गरीएको छ । पर्वत बेनीमा रहेको न्यु होराईजन आवासीय माविको आयोजनामा अधिकारीको हालै प्रकाशित कृती “भरियाको भुगोल”को समिक्षा तथा अन्तरक्रिया गरीएको हो । कार्यक्रममा कवि तथा गितकार अधिकारीले कबिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी सर्जक तथा... पुरा पढ्नुहोस