बैदेशिक रोजगारमा रहेका दग्नामका यूवाहरु गाउँमा पन्चेबाजाको संरक्षणमा जुटे

  • ६ जेष्ठ २०७४, शनिबार
  • धिरन खत्री
  • 3206 पटक पढिएको

म्याग्दी,६ जेठ । बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा  आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन ।


पन्चेबाजाको उद्घाटन गर्दै प्रमुख अतिथि एवंम जेष्ठनागरिक जम्दार बसबहादुर गवुर्जाले  विवाहबत्तबन्धमा प्रयोग हुने लोकप्रिय पञ्चेबाजा संरक्षण गर्न बैदेशिक रोजगारकामा गएका दग्नामका युवाहरुले आफ्नो कलासस्कृती संरक्षण गर्नका लागि पु¥याएको योगदान महत्वपुर्ण भएको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो ।

दग्नाम बैदेशिक संचार यूनिटको कतारको पहलमा विदेशमा छरिएर रहेका दग्नाम युवाहरुले आर्थिक संकलन गरेर जन्मगाउँमा परम्परागत लोकप्रिय पन्चेबाजा विकास तथा संरक्षणमा लागेकोमा खुशी ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा नवनिर्वाचित रघुगंगा गाउपालिका उपाध्यक्ष कमला तिलिजा, बडा अध्यक्ष एकबहादुर गवुर्जा, नेपाल शिक्षक संघ गाउपालिका अध्यक्ष यू बहादुर गवुर्जा लगायतको उपस्थितिमा पन्चेबाजाको उद्घाट्न गरिएको थियो । भने जोर्तीपिपल पञ्चेबाजा समुह राखुपिप्लेको पनि उपस्थित भएको थियो ।


विदेशमा रहेका दग्नामका यूवाहरुको सक्रियतामा दुई लाख संकलन गरेर परम्परागत सस्कृति पन्चेबाजाको विकास तथा सरक्षणमा युवाहरुलाई पञ्जेबाजाको तालिम संचालन गरिने दग्नाम बैदेशिक संचार युनिटका संयोजक देविन्द्र गर्वुजाले बताउनुभयो ।

उक्त पन्चेबाजा संरक्षणमा  दग्नाम बैदेशिक संचार युनिका अध्यक्ष विनोद शेरपुन्जा २८ हजार, सयोजक देविन्द्र गर्वुजा २८ हजार , महासचिव हमप्रसाद गवुजा २८ हजार, देमप्रसाद पुन २८ हजार, लालबहादुर गवर्वजाले २३ हजार, मिथुन गर्वुजा १८ हजार ४२०, छबहादुर गर्वुजाले १५ हजार, ताराप्रसाद  थजाली १० हजार, सनप्रसाद पुन १० हजार, दानबहादुर  तिलिजाले ७ हजार ८५० र बेलबहादुर बर्देवाले ५ हजार ५५०  सहयोग गरेको  युनिटका संयोजक देविन्द्र गर्वुजाले बताउनुभयो ।


कार्यक्रममा युनिटका संयोजक देविद्र गवुर्जाको अध्यक्षता, अध्यक्ष विनोद शेरपुन्जाको स्वागत मन्तव्य र महासचिव हमप्रसाद गवुर्जाको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l