भिरबाट लडेर एक जनाको मृत्यु

  • ६ जेष्ठ २०७४, शनिबार
  • 1635 पटक पढिएको

म्याग्दी, ६ जेठ । म्याग्दीको मालीका ५ देविस्थानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका ७ ताकमका ४० वर्षिय तुलबहादुर थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शुक्रबार साँझ जुक्जातर्फ जादै जर्दा लडेर मृत्यु भएका थापाको शव परिक्षणका लागि बेनी स्थित जिल्ला अस्पतालमा ल्याइएको प्रहरी निरिक्षक दिवाकर घिमीरेले बताउनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटाइएको छ ।