मुलुक
आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग
- 3 बर्ष, 3 महिना अगाडि
- २२ फाल्गुन २०७८, आईतवार
बेनी, २२ फागुन । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ ।... पुरा पढ्नुहोस
घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन
- 3 बर्ष, 3 महिना अगाडि
- २१ फाल्गुन २०७८, शनिबार
म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
दिवंगत छोरीको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना
- 3 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७८, शुक्रबार
साजन परियार जलजला २० फागुन । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय समाजसेवी योगनाथ रिजाल (हरि ) र राधिका रिजालका दम्पतीले आफ्नो दिवंगत छोरिको सम्झनामा एक अक्षकोष स्थापना गर्नुभएको हो । कक्षा १ मा अध्यानरत रितिस्मा रिजालको ५ बर्ष को उमेरमा... पुरा पढ्नुहोस
पर्यटक आउने आशमा घरबास
- 3 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७८, शुक्रबार
बागलुङ, २० फागुन । भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो । पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे । कतिले सेवा नै रोके । कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे । महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे । ग्रामीण पर्यटनलाई टेवा... पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचनको तयारी तीव्र
- 3 बर्ष, 3 महिना अगाडि
- १९ फाल्गुन २०७८, बिहीबार
बागलुङ १९ फागुन । जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्माले जानकारी दिनुभयो । “मतदाता... पुरा पढ्नुहोस
मालढुङ्गा – बेनी सडकको निर्माण कार्य धमाधम
- 3 बर्ष, 3 महिना अगाडि
- १९ फाल्गुन २०७८, बिहीबार
म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङसंगै चिनको कोरला नाकासंग जोडिने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गत चैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता... पुरा पढ्नुहोस
एमसीसीले स्वीकार्यो संसद्बाट भएको व्याख्यात्मक अनुमोदन
- 3 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७८, बुधबार
गएराति अमेरिकाको वाशिङ्टनस्थित एमसीसी मुख्यालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको संसद्ले गरेको अनुमोदनलाई स्वीकारे गरेको जनाएको छ। प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेको थियो। नेपाल गरेको व्याख्यात्मक घोषणा सहितको अनुमोदनलाई अमेरिकाले मान्छ कि मान्दैन भनेर चर्चा चलिरहेको छ। एमसीसीको विरोध गर्दै आएका राजनीतिक दलका नेताहरूले व्याख्यात्मक... पुरा पढ्नुहोस
संरक्षणमा चासो नदिँदा लोप भए पानी घट्ट
- 3 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, १७ फागुन । म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानी घट्ट अहिले लोप भएका हुन् । पानी घट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा... पुरा पढ्नुहोस
कालीपुल बसपार्कमा ‘टर्मिनल भवन’ बन्ने
- 3 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७८, सोमबार
म्याग्दी, १६ फागुन । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हुदै आएको म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार साढ दुई करोड रुपैयाँ लगानीमा टर्मिनल भवन बनाउन लागेको हो । सघन... पुरा पढ्नुहोस
व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता पारित
- 3 बर्ष, 3 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
काठमाण्डाै १५ फागुन । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्र्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो । लामो बहस... पुरा पढ्नुहोस