मुलुक

पर्वत र कास्की जोड्ने सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

गण्डकी, ३० जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म... पुरा पढ्नुहोस

स्थानीय तहमा जनताको निगरानी चाहिन्छ

  पोखरा, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त... पुरा पढ्नुहोस

बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै

म्याग्दी, २९ जेठ । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो । ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको... पुरा पढ्नुहोस

कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिन पाँच दलीय गठबन्धन : खड्का

बागलुङ २८ जेठ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन्। कांग्रेस बागलुङले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनको विरुद्ध र कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा हुन नदिनका लागि अहिलेको गठबन्धन गरिएको बताएका हुन्। कम्युनिष्ट पार्टीसँग सहकार्य... पुरा पढ्नुहोस

संघीयताको उपहार : जनप्रतिनिधिहरुको बहार

नयाँ संविधानले गरेको राजनीतिक तथा प्रशासनिक व्यवस्था अनुसार देश जनप्रतिनिधिमय बनेको छ । नेपालमा गणतन्त्रको घोषणा तथा नयाँ संविधान जारीपछि संघीयता कार्यान्वयन सुरु भएको थियो । संविधान जारी र संघीयता कार्यान्वयनपछि २०७४ र २०७९ सालमा गरी २ पटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । ७५३ स्थानीय तहको नेतृत्व जनप्रतिनिधिहरुले... पुरा पढ्नुहोस

जिसस बागलुङको प्रमुखमा अमर थापा सर्वसम्मत

बागलुङ २५ जेठ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन हुनुभएको छ । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित नौ जना... पुरा पढ्नुहोस

राहुघाट र तामाकोशी–५ जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत

काठमाडौं २३ जेठ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दोलखामा बन्ने तामाकोशी–५ र म्याग्दीमा बन्ने राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी–५ र ४० मेगावाटको राहुघाट जलविद्युत्... पुरा पढ्नुहोस

असार १ गते देखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

काठमाण्डौ, २३ जेठ । नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको हो । नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू... पुरा पढ्नुहोस

जिसस मुस्ताङमा प्रमुख र उपप्रमुखसहित एमालेका ६ सदस्य निर्विरोध

मुस्ताङ, २३ जेठ । जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमाले र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेको ६ सदस्य र राप्रपाको १ सदस्य निर्विरोध भएका छन्। जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको २... पुरा पढ्नुहोस

गण्डकी प्रदेश अन्तरगत ७ जिल्लाको जिसस गठनमा पार्टीको एकल बहुमत

  म्याग्दी, २३ जेठ । स्थानीय तहको निर्वाचन सकिएपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको चुनाव केन्द्रित भएको छ । तह निर्वाचनको परिणाम आएको १५ दिनभित्र कार्यपालिका र त्यसपछि जिससको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । ११ जिल्ला रहेको गण्डकी प्रदेशका ७ जिल्लामा पार्टीको एकल बहुमत पुगेको छ भने ४ जिल्लामा... पुरा पढ्नुहोस