मुलुक

ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

बागलुङ, २२ भदौ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका... पुरा पढ्नुहोस

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत... पुरा पढ्नुहोस

कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका

कुश्मा, १९ भदौ  । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ । यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलका रुपमा देशभरि चर्चा बटुल्न पनि... पुरा पढ्नुहोस

अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीको तस्विर टाँसेर विरोध

बेनी, १९ भदौ । ५० वेड क्षमतामा स्तरोन्नती सहित निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाब मुलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई... पुरा पढ्नुहोस

भुजिखोला किनारमा दुई वर्षदेखि हराएको निद्रा

तारानाथ आचार्य बलेवा, १९ भदौ । भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?’’ कुलबहादुर गहभरी आँसु पार्नुहुन्छ । विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उहाँलाई । परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्नुुहुन्छ, ‘‘हो... पुरा पढ्नुहोस

लालपुर्जा नपाउँदा लामाखेतका सुकुम्बासी समस्यामा

पर्वत १९ भदाै । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका... पुरा पढ्नुहोस

मिडिया काउन्सिल विधेयक संशोधनका लागि आचार्यले दिए १२ सुझाव

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभामा पेस भएको मिडिया काउन्सिल विधेयक थप संशोधनका लागि सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष आचार्यले सो विधेयकमा थप संशोधन आवश्यक रहेको भन्दै १२ बुँदे सुझाव दिएका हुन्  उक्त विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।  शुक्रबार प्रतिनिधिसभामा पेस भएको उक्त... पुरा पढ्नुहोस

विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित

म्याग्दी १७ भदाै । म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्ताँैसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो । स्थानीय तह, राजनीति दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा विसं २०७६ मा जारी भएको मेला–महोत्सव सञ्चालनसम्बन्धी कार्यविधिविपरीत विद्यालयमा पठनपाठन बन्द... पुरा पढ्नुहोस

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

सुर्खेत १७ भदाै । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र... पुरा पढ्नुहोस

थकाली समितिको अध्यक्षमा गजेन्द्र तुलाचन चयन, सबै केन्द्रीय सदस्य निर्विरोध

जोमसोम १७ भदौ । थकाली सेवा समिति नेपाल (केन्द्र) काे अध्यक्षमा गजेन्द्र तुलाचन निर्विरोध चयन भएका छन्। मुस्ताङमा बिहिबार सम्पन्न १३ औ महाधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनबाट काठमाडौं क्षेत्रका तुलाचनलाई आगामी ३ वर्षीय कार्यकालका लागि निर्विरोध चयन गरिएको हो। केन्द्रअन्तर्गत कुल २३३ जना... पुरा पढ्नुहोस