मुलुक

जिसस मुस्ताङमा प्रमुख र उपप्रमुखसहित एमालेका ६ सदस्य निर्विरोध

मुस्ताङ, २३ जेठ । जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमाले र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेको ६ सदस्य र राप्रपाको १ सदस्य निर्विरोध भएका छन्। जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको २... पुरा पढ्नुहोस

गण्डकी प्रदेश अन्तरगत ७ जिल्लाको जिसस गठनमा पार्टीको एकल बहुमत

  म्याग्दी, २३ जेठ । स्थानीय तहको निर्वाचन सकिएपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको चुनाव केन्द्रित भएको छ । तह निर्वाचनको परिणाम आएको १५ दिनभित्र कार्यपालिका र त्यसपछि जिससको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । ११ जिल्ला रहेको गण्डकी प्रदेशका ७ जिल्लामा पार्टीको एकल बहुमत पुगेको छ भने ४ जिल्लामा... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन असार ५ गते

म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन... पुरा पढ्नुहोस

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

म्याग्दी, २२ जेठ । म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ। जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि जिल्लाका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको... पुरा पढ्नुहोस

बालुवाटार पुग्यो समाजवादीका नयाँ मन्त्रीहरुको नामावली

  म्याग्दी, २२ जेठ । नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय... पुरा पढ्नुहोस

बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान गरिँदै

बागलुङ १७ जेठ । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान... पुरा पढ्नुहोस

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

म्याग्दी १७ जेठ ।  पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण... पुरा पढ्नुहोस

युवराज खतिवडाको तीन वटा बजेट माथि जनार्दन शर्माको एउटै बजेट भारी

काठमाडौं, १७ जेठ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट प्रस्तुत गरिसक्नुभएको छ । करिब एक बर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालिरहनु भएको अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताबाहेक सबैले प्रशंशा गरेका छन् । ताजा जनादेशमा जानुअघि... पुरा पढ्नुहोस

तारा एयरको विमान दुर्घटनामा २२ जनाकै शव भेटियो

बेनी , १७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।... पुरा पढ्नुहोस

सानुसरे विमान दुर्घटनाः दाहिने मोडिनुपर्ने विमान देब्रे लागेपछि दुर्घटना’

म्याग्दी, १७ जेठ । तारा एयरको कलसाइन ‘९ एन–एइटी’ विमान उडानका क्रममा दाहिने मोडिनुपर्नेमा देब्रेतिर लागेपछि पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । आइतबार बिहान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको विमान २१ घन्टापछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानुसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको थियो ।... पुरा पढ्नुहोस