क्यान्सर रोगबाट पीडित भगवतीका रिम विकलाई उपचारमा आर्थिक अभाव

  • २२ भाद्र २०७९, बुधबार
  • धिरन खत्री
  • 873 पटक पढिएको

म्याग्दी, २२ भदौ । पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका (मुलपानी) ४७ बर्षिय रिमबहादुर विकलाई उपचारमा आर्थिक अभाव भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई उपचारमा आर्थिक समस्या भएको हो ।


विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लगाएको थियो । औषधी उपचार गरिरहेका विकलाई डाक्टरले पेटको अप्रेसन गर्न भनेको छ । हाल क्यान्सर रोगको अप्रेसन गर्न महंगोे खर्च लाग्छ । अहिल्य शरिरमा किमो र औषधी प्रयोग भईरहेको छ । तीन चोटी किमो लगाईसकेको विककी छोरी सुस्मा सेन्च्युरीले बताईन । पेटको क्यान्सरको अप्रेसन गर्न २० लाख भन्दा माथि खर्च हुने डाक्टरले भनेको छ ।

“उपचारत विकले अहिल्यसम्म औषधी उपचार र किमोमा १० लाख खर्च भईसकेको छ । कति किमो लगाउने हो एकीन छैन् । भदौ २७ गते किमो लगाउन फेरी पोखरा अस्पताल जादैछु । पेट दुख्ने समस्याले औषधी प्रयोग गरेर घरमा आराम गरिरहेको छु । अस्पतालमै बसेर उपचार गर्ने पैसा छैन् ।” विकले भन्नुभयो ।

दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको घरखर्च संचालन गरेका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । साथमा भएको पैसा र आफन्तले गरेको सहयोग उपचारमा सकिएको श्रीमती लक्ष्मी विकले बताउनुभयो ।
श्रीमानको क्यान्सर रोगको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनी तथा संघसंस्थाले आर्थिक सहयोग गरिदिन श्रीमती लक्ष्मी विकले अपिल गर्नुभएको छ ।

रिम विक ९८४३५४१४१८
श्रीमती लक्ष्मी विक ९८२१३९५२७०

Pravu Bank- account num = Rim Bahadur BK 1630199155600013

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l