मुलुक

बागलुङ नगरपालिद्वारा पाँच प्रकारका सेवा गाउँमै

बागलुङ  २९ साउन ।  बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो । सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएसँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

म्याग्दी २९ साउन । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन)... पुरा पढ्नुहोस

डोल्पाका सांसद शाही कर्णाली सरकारको पर्यटन मन्त्रीमा नियुक्त

डोल्पा २९ साउन । डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद बिरबहादुर शाही कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएकाछन् । हुम्लाका पुर्व पर्यटन मन्त्री गैह्र सांसद कार्चेन लामाको छ महिने कार्यकाल सकिएसँगै मुख्य मन्त्री जीवन बहादुर शाहीले सांसद शाहीलाई नियुक्त गरेकाहुन् । माओवादी कोटाबाट... पुरा पढ्नुहोस

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डाै २९ साउन । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडककाे राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र

म्याग्दी २९ साउन ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेबाट वडा नं २ कुनौटो जोड्ने सडक कालोपत्र सकिएको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले करिब... पुरा पढ्नुहोस

बागलुङमा नौ वर्षपछि ‘बास्सा नाच’ देखाइयाे

बागलुङ २९ साउन । [caption id="attachment_61771" align="alignnone" width="1800"]  [/caption] ‘संस्कृतिका प्रेमी तिमी शिक्षाको दियो रीतिरिवाज चाडपर्वमा उस्तै रुचि थियो छाडी गयाँै समाजमा ज्ञानको ज्योति गर्नेछन् शिष्य सारा नमन कोटीकोटी...’ शनिबार बागलुङमा निकालिएको बास्सा नाचमा प्रस्तुत शोकगीतको अंश हो, यो । बुवा सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा छोरा सिद्धार्थ मिलनले यसलाई... पुरा पढ्नुहोस

शनिवार २६३ सङ्क्रमित थपिए, दुईको मृत्यु

म्याग्दी २८ साउन । कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ... पुरा पढ्नुहोस

मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाण्डाै २८ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा... पुरा पढ्नुहोस

गलकोटमा नगरमा व्यवस्थित पार्किङ नहुँदा समस्या 

थम्मन थापा बागलुङ २४ साउन । बागलुङ जिल्लाको मध्य भाग गलकोट नगरपालिकामा पछिल्लो समय तिव्र रुपमा बजारीकरण विस्तार भईरहेको छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा चौबिसै घण्टा सवारी साधन ओहोर दोहोर गर्ने गर्दछन । सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक... पुरा पढ्नुहोस

गलेश्वरको भेटी पूर्वाधार निर्माणमा परिचालन

म्याग्दी २४ साउन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पूर्वाधार निर्माणमा परिचालन भएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल,... पुरा पढ्नुहोस