मुलुक
बेनीबाट उपचारकाे लागि पाेखरा पुर्याईएकी महिलाकाे काेराेना कारण मृत्यु
- 4 बर्ष, 13 दिन अगाडि
- २७ कार्तिक २०७७, बिहीबार
बेनी कार्तिक २७ गते । काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई... पुरा पढ्नुहोस
लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
- 4 बर्ष, 15 दिन अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
काठमाण्डौ २५ कात्तिक । अन्नपूर्ण सर्किट विश्वभरका घुम्नैपर्ने १० गन्तव्य सूचीमा समावेश भएको छ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा समावेश गरेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र... पुरा पढ्नुहोस
धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)
- 4 बर्ष, 15 दिन अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।... पुरा पढ्नुहोस
म्याग्दी ठेगाना भएर पर्वत वेनी बस्ने दुइ महिलामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 17 दिन अगाडि
- २३ कार्तिक २०७७, आईतवार
म्याग्दी २३ कात्तिक । म्याग्दी ठेगाना भएका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत बेनीमा बसाेबास गर्ने अन्नपूर्ण गाउँपालिका–८ र बेनी नगरपालिका–१ ठेगाना भएका बर्ष ३४ र ३८ का दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुवै जना पोखराको पश्चिमाञ्चल क्षेत्रीय असपताल र र चरक अस्पतालको आईसेलेसनमा... पुरा पढ्नुहोस
मौवाफाँटमा १० बेड क्षमताको अस्पताल निर्माण गरिने, बेग स्वास्थ्य चौकी पुननिर्माण हुँने
- 4 बर्ष, 19 दिन अगाडि
- २१ कार्तिक २०७७, शुक्रबार
म्याग्दी २१ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको... पुरा पढ्नुहोस
जलजलामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
- 4 बर्ष, 20 दिन अगाडि
- २० कार्तिक २०७७, बिहीबार
पर्वत २० कात्तिक । पर्वतको जलजला गाउँपालिकामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा जलजलामा थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेहरुमा पर्वत बेनीको एनआईसि एशिया वैकमा कार्यरत २ जना, सांग्रीला बैंकका... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नीको निधन
- 4 बर्ष, 21 दिन अगाडि
- १९ कार्तिक २०७७, बुधबार
पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट धौलागिरि अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु
- 4 बर्ष, 22 दिन अगाडि
- १८ कार्तिक २०७७, मंगलवार
बागलुङ १८ कात्तिक । बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए । उनी... पुरा पढ्नुहोस
मुलुकभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 1 महिना अगाडि
- ७ कार्तिक २०७७, शुक्रबार
काठमाडौं ७ कात्तिक । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३... पुरा पढ्नुहोस
म्याग्दीलाई विपद् संकट ग्रस्त जिल्लामा समावेश गर्न गण्डकी प्रदेश सरकारले सिफारिस गरेको छ : मन्त्री गुरुङ
- 4 बर्ष, 1 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले म्याग्दीलाइ विपद् संकटग्रस्त क्षेत्रमा समावेश गर्न प्रदेश सरकारले संघिय सरकारलाई सिफारिस गरेको बताउनुभएको छ । मंगलवार बेनीमा प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस बर्षको बर्षातको समयमा म्याग्दीमा समेत ठुलो जनधनको क्षति भएकाले प्रदेश... पुरा पढ्नुहोस