भागिरथीको बलात्कारसंगै हत्यामा संलग्नलाई कारबाहीको माग

  • २९ माघ २०७७, बिहीबार
  • 1741 पटक पढिएको

म्याग्दी, २९ माघ । जिल्लामा विभिन्न राजनीतिक दलहरुमा आवद्ध महिलाहरुको संगठनहरुले बैतडीकी १७ बर्षिय भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गदै बेनीमा विरोध ¥याली गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु भएको ¥याली बेनी बजार परिक्रमा गरेर विरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । अन्तरपाटी महिला संजाल, अनेमसंघ, नेपाल महिला संघ, अनेम संघ क्रान्तिकारी लगायतका संघ संगठनहरुले सयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् ।

अन्तरपाटी महिला संजालकी उषा घिमिरेले भागिरथी भट्टको बलात्कार, हत्या गर्नेलाई छिटो पहिचान गरी कारबाही गर्न सरकारलाई दबाव सिर्जना गर्न विरोध प्रर्दशन गरेको बताए ।

एकहप्ता अघि विद्यालयबाट घर फर्कने क्रममा बाटोमै बलात्कार र घाटी थिचेर हत्यामा संग्लनलाई अहिलेसम्म पहिचान गर्न नसकेको भन्दै कोणसभामा बोल्ने नेतृहरुले आक्रोस पोखेका थिए ।