मुलुक

लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने पक्का

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने पक्का भएको छ । पीएसजीसँग दुई वर्षे सम्झौताका लागि मेस्सी सहमत भएको स्काई स्पोर्ट्सले जनाएको छ । पीएसजीले मेस्सीलाई २ वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको थियो । यस्तै सम्झौता थप गर्नका लागि बिकल्प समेत... पुरा पढ्नुहोस

अपांगता भएकी बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

म्याग्दी २५ साउन । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा अपांगता भएकी बालिकालाई करणी गरि गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन् । जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ बर्षिया बालिकालाई ललाई फकाई गरि जवर्जस्ती करणी गरेको गरेर गर्भवती बनाएको आरोपमा स्थानीय २० बर्षका सोहन छिनाललाई... पुरा पढ्नुहोस

पर्वतमा ज्यान मारेर भागका नेपाली ८ बर्षपछि पक्राउ

कुश्मा, २२ साउन । जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । बिहादी गाउँपालिका–१ बाच्छाका ३१ वर्षीय डिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । नेपालीलाई जिल्ला अदालत पर्वतले २०७० असार ३ गते ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाएको थियो । आठ वर्षसम्म फरार... पुरा पढ्नुहोस

बैठकमा माधव नेपालले भने : ओलीसँग मिसिनु राजनीतिक आत्महत्या

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग... पुरा पढ्नुहोस

म्याग्दीमा भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ । भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म... पुरा पढ्नुहोस

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिने तयारी

काठमाडौं २० साउन । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ । कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले... पुरा पढ्नुहोस

नेपालमा मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं २० साउन । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम... पुरा पढ्नुहोस

सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन... पुरा पढ्नुहोस

बागलुङमा पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

बागलुङ १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिए । उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की... पुरा पढ्नुहोस

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाण्डाै १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले... पुरा पढ्नुहोस