ताजा अपडेट

म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद केसीद्धारा प्रदेश सरकारको ध्यानकर्षण

म्याग्दी, ३१ साउन । मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै साँसद केसीले म्याग्दीको मालिका गाउँपालिका– २ बिलबाङमा पहिरोबाट ६ घर पूर्ण... पुरा पढ्नुहोस

कालीगण्डकीले विद्यालय भवन बगाएको कोप्चेपानीको अवस्था यस्तो

  कोप्चेपानी (म्याग्दी) ३१ साउन । कालीगण्डकीले कक्षाकोठा भवन बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभू विद्यालयको पठनपाठन प्रभावीत भएको छ । बुधबार बिहान कालिगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चाल नगर्न समस्या भएको हो ।बिहीबार देखि सुरु हुन लागेको पहिलो त्रैमासीक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

  म्याग्दी, ३१ साउन । बर्षातको कारण विभिन्न ठाउँमा पहिरो र नदी कटानका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुईठे, घट्टेखोला, रुप्से, काभ्रे भीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई–भैसीपालन

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ साझपानीका लोकबहादुर भण्डारीले सदरमुकाम बेनी नजिकै पर्वतको जलजला गाउँपालिका २ बगरफाटँमा जग्गा भाडामा लिएर ब्यवसायिक गाई भैँसी पालन गर्दैै आएका छन् । गाउँमा बसेर पुर्खाहरुले गर्दै आएको खेतीलाई निरन्तरता दिदा घरखर्च चलाउन गाह्रो भएपछि विगत ६ बर्षदेखि बगरफाटँमा ३ रोपनी जग्गा भाडामा... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माण योजना अल्पत्र, साढे १ बर्षमा जग मात्रै बस्याे

म्याग्दी, ३१ साउन । शल्यक्रिया सहितको स्वास्थ्य सेवा प्रवाहमा अब्बल मानिएको बेनी अस्पतालमा अहिले अस्थायी टहराबाट सेवा प्रवाह भैरहेको छ । १५ शैयाबाट स्तरबृद्धि गरी ५० शैयाको अस्पताल बनाउन सुरु गरिएपनि भवन पूर्वाधार योजना अल्पत्र परेपछि चौतर्फि चासो र चिन्ता बढेको छ । क्षमता विस्तार सहितको सेवा प्रवाहको लागि भवन... पुरा पढ्नुहोस

उपचारका लागि मृगौला पीडित पार्वती विश्वकर्माले गरिन सहयोगको याचना

म्याग्दी, ३१ साउन । मृगौला रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलाकी पार्वती विश्वकर्माले जीवन रक्षाको लागि सहयोगको अपिल गरेकी छन् । पोखराको मणिपाल अस्पतालमा उपचार गराईरहेकी ३७ बर्षिय विश्वकर्माको उपचारमा लाखौ रुपिया आर्थिक खर्च लाग्ने भएपछि सहयोगका लागि  आग्रह गरेकी  हुन् । आर्थिक रुपमा विपन्न रहेकी विश्वकर्माको उपचारमा लाखौ... पुरा पढ्नुहोस

पहिरो निरीक्षणमा पुगेका गाउँपालिका अध्यक्ष रोकाद्धारा पहिरो पिडितलाई सहयोग गर्न अपिल

म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा पहिरोबाट प्रभावित बनेको क्षेत्रको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र सुरक्षा निकायका प्रतिनिधिहरुले निरीक्षण गरेका छन् । मंगलवार राती गएको पहिरोबाट बिलबाङमा पुगेको क्षतीको बुधवार दिउँसो स्थलगत रुपमै पुगेर निरीक्षण गरिएको हो । पहिरोको अवस्था निरिक्षण गरि पुरिएका चार घर सहित पूर्ण... पुरा पढ्नुहोस

रुख ढलेर घरमा क्षती पुगेका कार्कीलाई सिवाईजीको सहयोग

म्याग्दी, ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बरको रुख ढलेर पुर्ण रुपमा घरमा क्षती पुगेर समस्यामा परेका यामबहादुर कार्कीको परिवारलाई पिप्लेमा क्रियाशिल रहेको सिवाईजी समुहले नगद सहयोग गरेको छ । समुहले कार्कीको परिवारलाई नगद रु ११ हजार १ सय ११ राहत सहयोग गरेको हो । सिवाईजीका अध्यक्ष तारानाथ शर्माको... पुरा पढ्नुहोस

तातोपानीकुण्डको ठेक्का विवाद,सर्त अव्यवहारीक : तातोपानीबासी ,अवसर विहिनलाई प्राथमिकता : वडा कार्यालय

म्याग्दी, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डलाई भाडामा लगाउने बिषयमा विवाद उत्पन्न भएको छ । गाउँपालिका कार्यालयको स्विकृतमा वडा कार्यालयले ठेक्का लगाउनको लागि सुचना प्रकाशित गरे लगत्तै भुरुङतातोपानीका केही व्यवसायिहरुले असन्तुष्टी जनाएका हुन् । उनीहरुले कुण्डलाई ठेक्का लगाउँदा सबैलाई प्रतिस्पर्धा गराउन माग गरेका छन् ।... पुरा पढ्नुहोस

बागलुङकाे निसीखोलामा पहिराेमा सासु बुहारी बेपत्ता

बागलुङ साउन ३० । गएराती परेको अविरल वर्षा पछि खसेको पहिरोले बागलुङको निसीखोला गाउपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी ६५ वर्षिया श्रीमती (धन )दिलकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही सम्पर्क विहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिएको जानकारी अनुसार ५ वर्षिय... पुरा पढ्नुहोस