म्याग्दी जेसीजको अध्यक्षमा खम थापा मगर निर्वाचित

  • २२ पुष २०७५, आईतवार
  • 1554 पटक पढिएको

म्याग्दी, २२ पुस । म्याग्दी जेसीजको शाखा अध्यक्षमा खम थापा मगर निर्वाचित हुनुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिवार राती सम्पन्न २० औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

सन २०१९ को लागि अध्यक्ष पदमा उम्मेदवार बनेका भरतबहादुर रकाल, शैलेश श्रेष्ठ र दिनेश बरालले सर्वसम्मतको लागि सघाएपछि मगर म्याग्दी जेसीजको अध्यक्ष पदमा सर्वसम्मत हुन सफल हुनुभएको हो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा भरत बहादुर रकाल, कार्यकारिणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, सुजन बरुवाललाई चयन गरिएको छ ।
त्यसैगरि महासचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा अर्जुन पौडेल, शाखा सम्पादकमा भिमनाथ शर्मा,उपाध्यक्षहरुमा विष्मा श्रेष्ठ, निर्मल खत्री, सुमन बानियाँ, रमेश आचार्य चयन भएका छन् ।

सह सचिव र सह कोषाध्यक्ष मनोनित गर्न बाँकी रहेको निर्वाचत समितिका सदस्य भिमसेन बराईलीले जानकारी दिनुभयो । शाखा अध्यक्ष इन्जीनियर कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित नयाँ पदाधिकारीहरुलाई निर्वाचन आयुक्त नारायण कुमार बरालले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मगरले म्याग्दी जेसिजको युवा आकर्षण बढाउने र स्थानीय तह केन्द्रीत कार्यक्रमलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले यो बर्षका हरेक कार्यक्रमलाई उत्कृष्ट बनाउने गरि लाग्न नवनिर्वाचित पदाधिकारीहरुलाई सुझाब दिनुभयो ।