ताजा अपडेट

जलजलामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 पर्वत २० कात्तिक ।  पर्वतको जलजला गाउँपालिकामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा जलजलामा थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेहरुमा पर्वत बेनीको एनआईसि एशिया वैकमा कार्यरत २ जना, सांग्रीला बैंकका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा मंसीर १ गतेसम्म लकडाउन

म्याग्दी २० कात्तिक । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहहरुले धमाधम बन्द गर्न थालेका छन् । यातयात बाहेकका अन्य सेवालाई बन्द गरि जमघट र ठुलो संख्यामा मानिसहरुको जम्मा हुने कार्यलाई नियन्त्रण गर्न जिल्लाका स्थानीय तहहरुले ‘अघोषित लकडाउन’ (सेवा प्रवाह र बजार बन्द) गर्न थालेका... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा एक साताका लागि अत्याबश्यक बाहेकको सेवा बन्द

म्याग्दी १९ कात्तिक । म्याग्दीको मालिका गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा बसोबास गर्ने एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले कात्तिक २० देखि कात्तिक २८ गतेसम्म कार्यालयको अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवा प्रवाह बन्द गरेको प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नीको निधन

पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको... पुरा पढ्नुहोस

प्रदेश सभा सदस्य केसी र नेकपा म्याग्दीका सचिब श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

बेनी १९ कात्तिक । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो सहित कोरोनाको लक्षण देखिएपछि पिसिआर परिक्षणको लागि स्वाब दिएकोमा मंगलवार साँझ आएको रिपोर्ट अनुसार आफुलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सदस्य केसीले बताउनुभयो । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी नेकपा... पुरा पढ्नुहोस

जबरजस्ती करणी गरी फरार परियार १० महिनापछि पक्राउ

म्याग्दी, १८ कात्तिक । जवरजस्ती करणी गरी फरार रहेका बेनी नगरपालिका– ५ भिरमुनीका २२ बर्षिय अशोक परियार १० महिनापछि प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गतबर्ष पुष १२ गते ११ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका परियारलाई प्रकाउ गरेको हो । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट... पुरा पढ्नुहोस

स्वाँता गाउँमा इन्द्रेणीको घुम्टो

म्याग्दी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्वाँता गाउँमा मंगलवार विहान देखिएको इन्द्रेणीको मनमोहक दृष्य । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको यस बस्तीमा पर्यटकको सुविधाको लागि होमस्टे र होटल सञ्चालनमा छन् । तस्विर सौजयन्य : लोकबहादुर पाईजा पुन पुरा पढ्नुहोस

आहा नामेलाबाट देखिएको मनमोहक इन्द्रेणी (फोटो कथा)

म्याग्दी १८ कात्तिक ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार देखिएको इन्द्रेणीको मनमोहक दृष्य । विहान मौसममा बदली आउँदा कुइनेमंगले क्षेत्रमा लामो समयसम्म इन्द्रेणीको रोमाञ्चक दृष्य देखिएको थियो । तस्बिर सौजन्य : याम घर्तिमिरे     पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट धौलागिरि अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु

बागलुङ १८ कात्तिक । बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए । उनी... पुरा पढ्नुहोस

नेटवर्क ब्यवसायमा ठगी गर्ने तीन जना प्रकाउ

म्याग्दी, १८ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी लगायतको ठाउँमा नेटवर्कमा आधारित ब्यवसाय संचालन गरेर ठगी गर्ने तीन जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीहरुकाे प्रलोभनमा पारेर  अवैध रुपबाट विक्रि गर्ने तीन जनालाई बेनीमा प्रकाउ गरेको हो । पिरामिड... पुरा पढ्नुहोस