ताजा अपडेट
सरकारी राँगोको मार हान्न भगवतीमा तीन लाखको बोलकबोल
- 3 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७८, बुधबार
म्याग्दी, २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु... पुरा पढ्नुहोस
मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु
- 3 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७८, मंगलवार
मुगु २६ असाेज । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्... पुरा पढ्नुहोस
दशैघरमा विधिपूर्वक फूलपाती भित्र्याईयो (तस्बिर सहित)
- 3 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७८, मंगलवार
https://www.youtube.com/watch?v=MK76gBYUYu0 म्याग्दी २६ असोज । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । म्याग्दीको बेनीकोट, ज्यामरुकोट, भगवतीकोट, मौवाफाँट कोट, पिप्लेकोट, घतानकोट, ताकमकोट लगायतका भगवती देवी मन्दिर... पुरा पढ्नुहोस
मुगुमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु
- 3 बर्ष, 4 महिना अगाडि
- २६ आश्विन २०७८, मंगलवार
मुगु २६ असोज । मुगुमा मंगलवार भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको छ ।... पुरा पढ्नुहोस
एकीकृत समाजवादी म्याग्दीको चियापान कार्यक्रम सम्पन्न
- 3 बर्ष, 4 महिना अगाडि
- २५ आश्विन २०७८, सोमबार
म्याग्दी २५ असोज । नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्बत लगायतका चाडपर्वको उपलक्ष्यमा सोमबार बेनीमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत जनप्रतिनिधि,... पुरा पढ्नुहोस
शुसासनको पालना र विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने प्रजिअ रानाको प्रतिबद्धता(भिडियाे)
- 3 बर्ष, 4 महिना अगाडि
- २५ आश्विन २०७८, सोमबार
https://www.youtube.com/watch?v=UkfkJVqYzNo म्याग्दी २५ असोज । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुसासनको पालना र विकास निर्माणको समस्या निराकरण गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग सोमबार अन्र्तक्रिया गर्दै प्रजिअ रानाले यस्तो बताउनुभएको हो । उहाँले जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाह चुस्त नरहेको गुनासा... पुरा पढ्नुहोस
बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुव्र्यवहारप्रति सर्वत्र विरोध
- 3 बर्ष, 4 महिना अगाडि
- २५ आश्विन २०७८, सोमबार
म्याग्दी, २५ असोज । आईतबार बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुव्र्यहारप्रति सर्वत्र विरोध भएको छ। अधिकृत सुबेदीमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले विरोध गरेका हुन् । जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि... पुरा पढ्नुहोस
मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडियो सहित)
- 3 बर्ष, 4 महिना अगाडि
- २४ आश्विन २०७८, आईतवार
https://www.youtube.com/watch?v=KObXDneTbIo म्याग्दी २४ असोज । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय... पुरा पढ्नुहोस
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीमाथि दुव्र्यवहार
- 3 बर्ष, 4 महिना अगाडि
- २४ आश्विन २०७८, आईतवार
म्याग्दी २४ असोज । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले कार्यकक्षमै दुव्र्यवहार गरेका छन् । दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । भmोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो... पुरा पढ्नुहोस
आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री बनेकाे तीन दिनमै बुझाए राजीनामा
- 3 बर्ष, 4 महिना अगाडि
- २४ आश्विन २०७८, आईतवार
काठमाडौँ २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । विवादमा आएपछि मन्त्री पदको सपथ लिएको तीन दिनमै हमालले राजीनामा दिएका हुन् । वर्तमान सरकारबाट मन्त्रीबाट राजीनामा दिने हमाल पहिलो व्यक्ति समेत बनेका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र... पुरा पढ्नुहोस