एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेक बहादुर थापा मगर

  • १९ चैत्र २०७८, शनिबार
  • 581 पटक पढिएको

म्याग्दी १९ चैत । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएका थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो ।


थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प्राप्त भएपछि एमालेको राजनीतिमा सक्रिय हुनुभएको थियो । त्यस्तै वडा कमिटी बैठकले ताराप्रसाद थापालाई सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवँ जिल्ला इन्चार्ज भूपेन्द्र थापाले अव जिल्लाका सवै वडाहरुमा धमाधम अध्यक्ष लगायत सदस्यहरको उम्मेदवार टुङगो लगाउने कार्य भईरहेको बताउनुभयो ।

अन्य दलहरुले गठबन्धन गरि जिल्लामा एमाले एक्लै चुनावमा जान सक्ने अवस्था भएकाले पनि उम्मेदवार छनौटमा ढिला गर्न नहुने थापाको भनाई थियो । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सन्तोष रावल, एमाले म्याग्दीका उपसचिव राजकुमार थापा, बेनपा १ का वडा अध्यक्ष टेक बहादुर रावल लगायतको उपस्थिति रहेको थियो ।