ताजा अपडेट

स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण

बागलुङ चैत १८ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका... पुरा पढ्नुहोस

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

  बेनी, १८ चैत । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका... पुरा पढ्नुहोस

रिटार्यड जिवन राजनीति मार्फत जनताको सेवामा सपर्मण गर्न चाहन्छु : नरबहादुर भण्डारी

म्याग्दी १८ चैत । रघुगंगा गाउँपालिका–२ देउपूर्णका नरबहादुर भण्डारी रिटायर्ड जिवनलाई समाजसेवामा खर्चिरहनुभएको छ । भारतीय सैनिकबाट अवकास लिएपछि नेपालमा दिगो शान्ति स्थापनाको लागि तत्कालिन समयमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)मा समेत खटिनुभएका भण्डारी त्यहिँबाटै माओवादी आन्दोलनको संघर्षबाट प्रभावित भएर पार्टीसंग जोडिनुभएको थियो । जागिर छाडेर गाउँ फर्किएपछि नै... पुरा पढ्नुहोस

आहा ! सिवाङ्ग गाउँ ( तस्वीरमा)

बेनी, १८ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित सिवाङ्ग गाउँ । सडक सञ्जाल, टिन र ढुंगाले छाएका घरहरुसंग देखिने ग्रामिण भू–बनोट लोभलाग्दो छ । यहाँ कक्षा १२ सम्मको पठनपाठन हुने हेम माध्यमिक विद्यालयमा नमुना आवसीय विद्यालय सञ्चालनमा छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुना जाने सडक सञ्जाल यसै गाउँ हुँदै... पुरा पढ्नुहोस

विपन्न परिवारलाई जस्तापाता वितरण ( तस्वीर )

बेनी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिका अध्यक्षसंग सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तरगत विपन्न परिवारलाई जस्तापाता वितरण गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी लगायत । गाउँपालिकाभित्रका अति विपन्न १७ घरधुरीलाई घर छाउनका लागि जस्तापाता वितरण गरिएको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु

म्याग्दी १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो । https://www.youtube.com/watch?v=2N8XHRkNYkA गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान नभएको अवस्थामा मन्त्रालयबाट बजेट प्राप्त भएपछि खेलमैदान निर्माण कार्य सुरु... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी १८ चैत । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका... पुरा पढ्नुहोस

म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण

बेनी १७ चैत । म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा विहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस

मालिका गाउँपालिका –७ बिममा माओवादीबाट रुबिन जुग्जाली वडा अध्यक्षका उम्मेदवार

म्याग्दी, १७ चैत । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौटलाई तीब्र पारेको छ । जिल्लाको विभिन्न ७ वटा वडाहरुमा यस अघि नै वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको माओवादीले विहिवार मालिका गाउँपालिका–७ बिममा वडा अध्यक्ष पदका उम्मेदवारमा ३१ बर्षिय युवा रुबिन जुग्जालीलाई टुंगो लगाएको हो ।... पुरा पढ्नुहोस

ताकमको हिलापोखरीमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति गठन

म्याग्दी, १७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकमस्थित हिलापोखरीमा नेकपा माओवादी केन्द्रले निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र धवलागिरी गाउँपालिका कमिटी र वडाकमिटीको पदाधिकारीको उपस्थितमा हिलापोखरीमा ज्ञानबहादुर परियार संयोजक र रेशम परियार सह–संयोजक रहेको २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । वडा कमिटीले... पुरा पढ्नुहोस