तारा एयरको जहाज खोज्न गएको सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण

  • १५ जेष्ठ २०७९, आईतवार
  • 735 पटक पढिएको

मुस्ताङ १५ जेठ । हराइरहेको तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ। थासाङबाट हिँडेर सो क्षेत्र पुग्न ५÷६ घन्टा लाग्छ । जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि त्यसपछि सम्पर्कबिहीन भएको बताइएको छ । आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका छन् ।

पत्ता तारा एयरको जहाज खोज्न मुस्ताङको थाङसाङ पुगेको नेपाली सेनाको हेलिकोप्टर।

जहाजमा पाइलट प्रभावकर घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन् । जहाजमा दुई जर्मन नागरिक,चार भारतीय र १३ नेपाली यात्रु रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । मौसम खराबीका कारण बेपत्ता जहाजको खोजिकार्य प्रभावित भएको छ । जिल्ला प्रशासन मुस्ताङका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।