ताजा अपडेट
अमेरिकाले नेपालमा राेक्याे एमसीसी परियाेजनाकाे भुक्तानी
- 8 महिना, 4 दिन अगाडि
- ६ फाल्गुन २०८१, मंगलवार
काठमाडौँ । अमेरिकाले विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गतको सहयोगसँग सम्बन्धित भुक्तानी तत्कालका लागि रोकेको छ । केहीअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोगको भुक्तानी पनि रोकेको हो । एमसीसीले सहयोगको भुक्तानी रोक्नेसम्बन्धी पत्र गत फागुन २ गते नै पठाएको अर्थ मन्त्रालयले जनाएको छ... पुरा पढ्नुहोस
फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा चयन
- 8 महिना, 4 दिन अगाडि
- ६ फाल्गुन २०८१, मंगलवार
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी... पुरा पढ्नुहोस
कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान (तस्बिर/भिडियाे)
- 8 महिना, 4 दिन अगाडि
- ६ फाल्गुन २०८१, मंगलवार
म्याग्दी सदरमुकाम बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ । मंगलवार केन्द्रमा आयोजित एक समारोहका बिच ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनको लागि बनाइएको कोषमा आर्थिक सहयोग गर्ने सात जना दाताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु... पुरा पढ्नुहोस
बेलुन फुटेर घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केहि दिन अस्पताल बस्नुपर्ने
- 8 महिना, 5 दिन अगाडि
- ५ फाल्गुन २०८१, सोमबार
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते भएर उपचाररत अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई सोमबार दिउँसो २ः३० बजे डिस्चार्ज गरेको हो । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले अर्थमन्त्री पौडेलको घाउ निको भएको र फोक्सोमा समस्या नदेखिएपछि डिस्चार्ज... पुरा पढ्नुहोस
बेनीमा पशु अस्पतालको भवन शिलान्यास
- 8 महिना, 5 दिन अगाडि
- ५ फाल्गुन २०८१, सोमबार
बेनीमा पशु अस्पतालको भवन शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारले बनाउन लागेको भवनको सोमबार शिलान्यास गरिएको हो । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो । भवनको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि... पुरा पढ्नुहोस
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण सुरू
- 8 महिना, 5 दिन अगाडि
- ५ फाल्गुन २०८१, सोमबार
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का... पुरा पढ्नुहोस
पाखापानीमा आयोजित वडा अध्यक्ष कपको उपाधी पात्लेखेतलाई
- 8 महिना, 5 दिन अगाडि
- ५ फाल्गुन २०८१, सोमबार
बेनी, ४ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा आइतबार प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । रघुगङ्गा गाउँपालिका वडा नं.–६ को कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा बेनी नगरपालिका–१० पात्लेखेत बिजेता, रघुगङ्गा गाउँपालिका–६ पाखापानीको ए समूह... पुरा पढ्नुहोस
मोना अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित
- 8 महिना, 6 दिन अगाडि
- ४ फाल्गुन २०८१, आईतवार
सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित भएका छन् । सिड्नीको रकडेलमा आइतबार सम्पन्न १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष लक्की श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिनेश खत्री, द्धित्तिय... पुरा पढ्नुहोस
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
- 8 महिना, 6 दिन अगाडि
- ४ फाल्गुन २०८१, आईतवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आइसफल आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्ट हिल rमा करिब एक... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा अष्ट्रेलियाबाट रु एक लाख ६० हजार सहयोग
- 8 महिना, 7 दिन अगाडि
- ३ फाल्गुन २०८१, शनिबार
म्याग्दी, ३ फागुन । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा अष्ट्रेलियाबाट रु १ लाख ६० हजार बढी सहयोग जुटेको छ । राखु समाज अष्ट्रेलियाको नेतृत्वमा रु १ लाख ३५ हजार सहयोग संकलन भएको छ भने... पुरा पढ्नुहोस