ताजा अपडेट
ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी चयन
- 2 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७९, शनिबार
म्याग्दी २८ माघ । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरि प्रसाद सुवेदी चयन हुनुभएको छ । शनिवार विद्यालयमा आयोजित आमभेलाबाट सुवेदीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको हो । समितिको सदस्यहरुमा बिमल भण्डारी, भरत सुवेदी, टेककुमारी खत्री (चिना), मनिसा बोहोरा, कमला केसी चयन हुनुभएको छ... पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा होमनाथ पाण्डे
- 2 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७९, शनिबार
बेनी, २८ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, म्याग्दीको सातौँ जिल्ला सम्मेलनबाट पुनः होमनाथ पाण्डेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । पाण्डे यसअघि पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिबिक्रम सुबेदी, कोषाध्यक्षमा खबहादुर किसान रहेको समिति सर्वसम्मत... पुरा पढ्नुहोस
लामिछानेको ‘यात्रा मेरो अनुभूति’ विमोचन
- 2 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७९, शनिबार
म्याग्दी, २८ माघ । साहित्यकार चन्द्रबहादुर लामिछानेद्धारा लिखित पुस्तक ‘यात्रामा मेरो अनुभूति’को शनिबार बिमोचन गरिएको छ । म्याग्दी साहित्य सञ्चारले मिलनचोकमा आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश जिसीले पुस्तकको बिमोचन गर्नुभएको हो । जलजला गाउँपालिका–२ निवासी पुर्व शिक्षक लामिछानेको यो पाँचौ कृति हो । पुस्तकमा लामिछानेले... पुरा पढ्नुहोस
माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम
- 2 बर्ष, 4 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
बेनी, २७ माघ । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उद्देश्यले प्रकाश माविको आयोजना र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी... पुरा पढ्नुहोस
अनेरास्ववियुको केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेलको उम्मेद्वारी
- 2 बर्ष, 4 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
म्याग्दी, २७ माघ । म्याग्दीबाट विद्यार्थीको नेताको रुपमा उदाएका प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले सङ्गठनलाई चलायमान र गतिशील बनाउन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा... पुरा पढ्नुहोस
दैनिक साढे छ घण्टा बन्द हुने बेनी–गलेश्वर सडक
- 2 बर्ष, 4 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
म्याग्दी, २७ माघ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो... पुरा पढ्नुहोस
पर्यटकलाई लोभ्याउने ‘नारच्याङ’ झरना
- 2 बर्ष, 4 महिना अगाडि
- २७ माघ २०७९, शुक्रबार
म्याग्दी, २७ माघ। अग्लो र भिरालो पहाड। पहाडको टुप्पोबाट बग्ने झरना। त्यहीँ भिर तथा पहराको सहारामा बगेको झरनाको चिसो पानी । अन्नपूर्ण र निलगिरी हिमालको काखँमा रहेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्यटक लोभ्याउने आकर्षक ‘नारच्याङ’ झरना पर्छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरना... पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्र बनाउदै १०१ वर्षीया वृद्धा
- 2 बर्ष, 4 महिना अगाडि
- २६ माघ २०७९, बिहीबार
म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै १०१ वर्षीया भद्रकुमारी श्रेष्ठ । बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालित घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो लागेको छ । तस्बिर रासस पुरा पढ्नुहोस
दुर्गम गाउँ पात्लेखर्कमा खेलमैदान निर्माण
- 2 बर्ष, 4 महिना अगाडि
- २६ माघ २०७९, बिहीबार
बेनी, २७ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा सुविधासम्पन्न खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक बर्ष २०७९÷०८० मा रघुगंगा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदान समेत जुटाएर भलिबल र बास्केटवलको कोर्ट ढलान... पुरा पढ्नुहोस
म्याग्दीमा पहिलो पटक बेनी नगरपालिकामा ‘नगर प्रहरी’ भर्ना
- 2 बर्ष, 4 महिना अगाडि
- २६ माघ २०७९, बिहीबार
म्याग्दी, २६ माघ । म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक आफ्नै नगर प्रहरी भर्ना गरेको छ । स्थानीय तहले आफ्नै छुट्टै गाउँ तथा नगर प्रहरी भर्ना गर्न पाउने अधिकार अन्तरगत बेनी नगरपालिकाले कार्यविधि निर्माण गरि नगर प्रहरी भर्ना गरेको हो । नगरपालिकाले यही माघ १९ गते नियुक्त गरेका तीन जना... पुरा पढ्नुहोस