ताजा अपडेट

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा... पुरा पढ्नुहोस

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

म्याग्दी ७ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ... पुरा पढ्नुहोस

विकासको नमुना उदाहरण : ‘श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण’ (फोटो फिचर)

कमल खत्री बेनी, ७ मंसिर : घना जंगलको साँघुरो बाटो । गाउँदेखि मुल सडकमा ओहोर दोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवंगत भएका व्यक्तिहरुलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउँन थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जिर्ण गोरेटोबाटोको... पुरा पढ्नुहोस

मुस्ताङमा कालीगण्डकी बगरको सतह बढ्यो, बस्तीमा डर

मुस्ताङ ५ मङ्सिर । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतह बढेपछि बस्तीमा बाढीको जोखिम भएको छ ।घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीका अनुसार कालीगण्डकी नदीमा ढुंगा तथा बालुवा थुप्रिएर बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, स्याउ बगैंचा लगायतका भौतिक संरचना... पुरा पढ्नुहोस

दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न

पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले... पुरा पढ्नुहोस

अस्पताल र रोजगार सिर्जनाको माग गर्दै गाउँपालिका परिसरमा आमरण अनसन

बेनी, ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा एक युवा आमरण अनसन बस्नुभएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा रमेश गुरुङ आमरण अनसनमा बस्नुभएको हो । सोमबार... पुरा पढ्नुहोस

जेसीजकप फुटवलको लोगो र टाईटल प्रायोजक सार्वजनिक

  म्याग्दी, ४ मंसिर । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक... पुरा पढ्नुहोस

मुस्ताङमा बाफबाट खाना पकाउने विद्यालय !

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले बाफबाट खाना पकाउने  (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा... पुरा पढ्नुहोस

प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)

  म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् । दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी... पुरा पढ्नुहोस

मोना जापानको सल्लाहकार चयन एबम सम्मान कार्यक्रम सम्पन्न

 म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापान कार्यकारी समितीले सल्लाहकार समिती चयन गरेँको छ । मोनाका आईसीसी अध्यक्ष ददिवल खड्कासँगै मोनाका पूर्व अध्यक्ष महेन्द्र खड्का, दीपक कार्की, निवर्तमान अध्यक्ष सचिन श्रेष्ठ , तिलक मल्ल्, प्रेम पुन्, पिर्तम पुन्, निरज पुन्, सुन्दरमान श्रेष्ठ , लेनिन भट्टचन र जोन छन्त्याललाइ सल्लाहकार चयन गरिएको... पुरा पढ्नुहोस