ताजा अपडेट
जलवायु परिवर्तनले पारेको असरको अध्ययनका लागि संसदीय टोली म्याग्दीमा
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
बेनी १६ भदौ । जलवायु परिवर्तनले पारेको असरको अध्ययनका लागि संसदीय टोली शुक्रबार म्याग्दी आएको छ । व्यवस्थापीका संसद अन्तरगतको वातावरण संरक्षण समितिको टोली म्याग्दीमा देखिएको जलवायुसंग सम्बन्धित समस्याको अध्ययनका लागि जिल्लामा आएको हो । समितिका सभापती गिता क्षेत्रीको संयोजकत्वमा रहेको टोलीमा ६ जना संसद र जलवायु विज्ञ सहभागी छन्... पुरा पढ्नुहोस
कर संकलनका लागि बेनीमा घुम्ती शिवीर
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
बेनी १६ भदौ । म्याग्दीका साना तथा मझौला व्यवसायीहरुबाट कर संकलनका लागि शुक्रबारदेखि बेनीमा घुम्ती शिवीर सञ्चालन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखराको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सुरु भएको शिवीर दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । घुम्ती शिवीर मार्फत वार्षिक बिस लाख रुपैया सम्मको कारोबार... पुरा पढ्नुहोस
बेनीमा लागू औषध दूब्र्यसन विरुद्ध कबिता प्रतियोगिता
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
बेनी १६ भदौ । बेनीमा शुक्रबार लागू औषध दूब्र्यसन विरुद्ध मावी स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।शिक्षा कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको प्रतियोगितामा १२ वटा विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने २२ जनाले सहभागीता जनाएका थिए । सहभागीहरुले कबिताको... पुरा पढ्नुहोस
पहाडदेखि तराईको डुवानसम्म पुग्दा
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
कवि दिनेश अधिकारीले सृजना गरेको “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,आधी आए तराईमा पहाडले छेक्नुपर्छ ” मनमा निकै सम्झना आईरह्यो । भदौ महिनाको पहिलो साता तराईको यात्रा मेरो लागि सिकाईयुक्त बन्यो । तराईमा आएको बाढीबाट पिडित भएकाहरुको पिडामा मलम लगाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको टिमसंग म पनि बाँके जिल्लाको... पुरा पढ्नुहोस
कोबाङमा फालो पर्व सकियो
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
कोवाङ(मुस्ताङ¬) १६ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) बिहीबार सकिएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । मंगलबार देखि... पुरा पढ्नुहोस
भेडापालक कृषकलाई औजार सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
म्याग्दी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालीकाका भेडापालक कृषकहरुलाई औजार र सामाग्री वितरण गरिएको छ ।जिल्ला पशु सेवा कार्यालयले बिहीबार पोखरेबगर स्थित गाउँपालीकाको कार्यालयमा आयोजित कार्यक्रममा रघुगंगाको भगवती, बेग, अन्नपूर्णको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ र शिखका ६३ जना कृषकहरुलाई विभिन्न औजार वितरण गरेको हो । परम्परागत रुपमा... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालीकाको कार्यालयमा तालाबन्दी
- 7 बर्ष, 4 महिना अगाडि
- १६ भाद्र २०७४, शुक्रबार
म्याग्दी १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालीकाको कार्यालयमा पाखापानी र झिँका जनप्रतिनिधी तथा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।गाउँपालीकाको अस्थाई केन्द्र पाखापानी स्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थाई केन्द्र वडा न. ३ पिप्लेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा न. ५ झिँ र ६... पुरा पढ्नुहोस
तराईका बाढी पीडितलाई १ लाख सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- १५ भाद्र २०७४, बिहीबार
मुस्ताङ १५ भदौ । ‘हिमाल,पहाड,तराई, कोही छैन पराई’ भन्ने उद्घोष सहित कर्मचारी मिलनकेन्द्र तथा जोमसोम महिला समूहले तराईका बाढी पीडितलाई अलग—अलग गरि १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधवार जोमसोम महिला समूहको तर्फबाट संस्थाकी अध्यक्ष शर्मिला गुरुङ र बिहिवार कर्मचारी मिलनकेन्द्रको तर्फबाट संस्थाका अध्यक्ष महेश... पुरा पढ्नुहोस
म्याग्दीका विद्यालयमा मनाइयो पुस्तकालय दिवस
- 7 बर्ष, 4 महिना अगाडि
- १५ भाद्र २०७४, बिहीबार
म्याग्दी, १५ भदौ । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा १० औ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङको ब्यवस्थापनमा विद्यालय स्थापना गरिएको पुस्तकालयमा ‘सबै कुरा छोडौं र पढौं’ भन्ने अभियान अन्र्तरगत बिहिबार प्राथमिक तहका विद्यार्थीले आफुँलाई मनपर्ने पुस्तक अध्ययन गरेर दिवस मनाएका... पुरा पढ्नुहोस
नीति तथा कार्यक्रममा अपाङ्गमैत्रीको माग गर्दै नगरपालिकामा पैरवी पत्र
- 7 बर्ष, 4 महिना अगाडि
- १५ भाद्र २०७४, बिहीबार
म्याग्दी, १५ भदौँ । अपाङ्ग संघ म्याग्दीले बेनी नगरपालिकाको नीति तथा कार्यक्रममा अपाङ्गमैत्री र प्रभावकारी कार्यान्वयनको माग गर्दै पैरवी पत्र बुझाएको छ । नगरपालिकाले विभिन्न नीति निर्माण योजना कार्यान्वयन गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई हरेक क्षेत्रमा समेट्न माग गर्दै बेनी नगरपालिकाको उप–मेयर सन्जु बरुवालाई पैरवी पत्र बुझाएका हन् । पैरवी पत्र... पुरा पढ्नुहोस