बेनीमा प्रचण्डलाई लगाईएको ३० किलोको माला कहाबाट ल्याईयो !

  • २९ पुष २०७४, शनिबार
  • 3191 पटक पढिएको

म्याग्दी, २९ पुस । छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्न आएका माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) लाई ३० किलोको माला लगाएर सम्मान गरिएको छ । शुक्रवार झाँकी सहितको ¥याली पश्चात बेनी स्थित खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रचण्डलाई मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले ३० किलोको माला लगाएर सम्मान गरेका थिए ।

संघका अध्यक्ष उत्तम कर्माचार्य, पूर्व अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, पूर्व अध्यक्ष सुर्यप्रसाद मर्सानी, सुदर्शनकुमार श्रेष्ठ, जिवन बहादुर विश्वकर्मा, द्धितिय उपाध्यक्ष राजेश शाक्य लगायतले कार्यक्रमका प्रमुख अतिथि प्रचण्डलाई ३० किलोको माला लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । दोस्रो पटक प्रधानमन्त्री रहँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ मार्फत म्याग्दीको विकासमा रचनात्मक सहयोग पु¥याएको भन्दै आयोजकले पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डलाई उक्त सम्मान गरेको जनाएको छ ।

सयपत्री फुलबाट बनाईएको उक्त ३० किलोको माला भारतबाट ल्याईएको हो । नेपाली बजारमा ठुलो मात्राको माला नपाएपछि भारतबाट ल्याईएको आयोजकले जनाएको छ । म्याग्दीमा यति ठुलो र धेरै तौल भएको माला पहिलो पटक प्रयोग गरिएको हो । महोत्सव उद्घाटन कार्यक्रममा अतिथिहरुलाई आयोजकले सयपत्री फुलको माला लगाएर स्वागत गरेका थिए ।