ताजा अपडेट

ठेका र मदानी व्यापारी !

बेनी स्थित सडकमा काठबाट बनाईएका ठेका र मदानी विक्रि गर्न बसेका एक व्यापारी । तस्बिर : कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

मुस्ताङमा बर्षकै पहिलो हिमपात, कृषकमा खुसीयाली !

म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बुधबार हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको... पुरा पढ्नुहोस

म्याग्दीका कलाकार विश्वकर्माले ल्याए ‘सगरमाथाको देश हाम्रो नेपाल’ स्वदेश गान (भिडियो सहित)

म्याग्दी, १० माघ । म्याग्दीका कलाकार विकास विश्वकर्माको ‘सगरमाथाको देश हाम्रो नोपाल’ बोलको स्वदेश गान बजारमा ल्याउनुभएको छ । ओपल अडियो भिडियोको प्रस्तुतीमा विकास विश्वकर्माको लय तथा शब्द संकलनमा सो स्वदेश गानलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=jlbuUwq3tRo&feature=share सुमन केसी र स्मृति शाही, विवि अनुरागी, स्वरुपा... पुरा पढ्नुहोस

अनेरास्ववियूद्धारा दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

म्याग्दी, ९ माघ । अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोविन्द रिजाल... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो

म्याग्दी ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको गाउँपालीकाले २०७४ साउन देखि पुष मसान्तसम्म पाँच करोड ८८ लाख ४१... पुरा पढ्नुहोस

नगरबासीको सम्पत्ती मूल्याङ्कन गरिदै,एकिकृत सम्पत्तीकर लागू गर्ने

बेनी ९ माघ । बेनी नगरपालीकाले एकिकृत सम्पत्तीकर लागू गर्न सम्पत्ती मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तीकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंगको परामर्शलाई तिब्रता दिएको हो ।... पुरा पढ्नुहोस

सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड

बेनी ९ माघ । म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो ।... पुरा पढ्नुहोस

मुस्ताङमा पर्यटक आगमन चौतिस प्रतिशतले बढ्यो

मुस्ताङ ९ माघ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुको संख्या चौतिस प्रतिशतले बढेको छ । २०१६ को तुलनामा ३४.४९ प्रतिशतले पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोम स्थित ईलाका कार्यालयले जनाएको छ । सन २०१७ मा ५२ हजार ४७५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका कार्यालयका सुरेश... पुरा पढ्नुहोस

अनेरास्ववियु म्याग्दीद्धारा अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण

म्याग्दी, ८ माघ । एमाले निकट अनेरास्ववियु म्याग्दीले बाल जागृती आधारभुत बिधालयमा अध्यनरत २२ जना बौद्धिक अपाङ्गता भयका बिद्यार्थी लाई न्यानो कपडा वितरण गरेको छ । श्रीपन्चमी अर्थात सरस्वती पुजाको दिन अनेरास्ववियूले रु १० हजार बराबरको न्यानो कपडा बितरण गरेको जनाएको छ।  बेनिका विभिन्न फेन्सी पसल हरुमा स्विइटर, ज्याकेट, टोपी... पुरा पढ्नुहोस

घार स्वास्थ्य चौकी भवनको शिलन्यास

म्याग्दी, ८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारमा स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले संयुक्त रुपमा भवनको शिलन्यास गर्नुभएको हो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस