दुरुलेकमा पदमार्ग निर्माण

  • ११ बैशाख २०७९, आईतवार
  • धिरन खत्री
  • 1119 पटक पढिएको

म्याग्दी, ११ बैशाख । म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकियस्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताईन । उनले प्रदेश सरकारको थप १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएको जानकारी दिईन ।

समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि नयाँ बर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुर्ण रहेको छ । तर, पुर्वाधारसंगै प्रचार–प्रसारे अभावले यसको फाईदा ग्रामिणबासीको आयस्रोतको माध्यम बन्न नसकेको रुमका चोकेन पुन मगरले बताए । दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौ हिमालको दृष्य र म्याग्दी र बागलुङ लगायत जिल्लाको ग्रामिण बस्तीका डाडाँकाडा दृष्यसंग रमाउन पर्यटक आउछन्। ‘धौलागिरी, अन्नपुर्ण, निलगिरी लगायतका हिमालहरु एउटै रेञ्जमा नजिकबाट देख्न पाईन्छ ।’ प्राकृति दृष्यसंग रमाउन आउने पर्यटकलाई दूरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले पर्यटकलाई सहज भएको छ ।

पर्यटकका लागि मठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ । बसन्त ऋतुसंगै जंगलमा लालीगुराँस फूल्ने हुदाँ फोटो र भिडियो बनाउन विशेष गरी युवायुवती बढी दुरुलेक पुग्छन् । पर्यटकहरुको बसाई लम्ब्याउने बस्ने खाने र रमाउने पर्यटन पुर्वाधार निर्माण गर्न स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने माग गरिरहेको वडाअध्यक्ष नरबहादुर पुनले बताए ।

ताराखोला गाउँपालिकाका ५ सिपका तिलप्रसाद आचार्यले दुरुलेकमा भाकल गरेपछि नौ जना छोरीपछि छोरा नविन आचार्य जन्मिएपछि दुरुलेकस्थित डडेलेख शिवालय मन्दिर र खानेपानी सुविधा निर्माण गरेको जनविश्वास रहेको छ ।स्वदेश तथा विदेशमा सोचेको रोजगारी र ब्यवसाय लगायतको आकाँक्षाहरु पुरा हुने विश्वास लिएर युवायुवती भिड शिवलालय मन्दिरमा हुने गर्छ ।

सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम हुदै घाङ्लेपानीसम्म सवारीसाधनमा पगिछन्छ । भने, घाङ्लेपानीबाट करिव ५ घण्टामा लालीगुरासको घनाजंगल हुदैँ गाईभैसी र भेडाबाख्राका गोठहरु, बन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l