म्याग्दीका स्थानीय तहमा मनोनयन दर्ता सुरु

  • ११ बैशाख २०७९, आईतवार
  • 677 पटक पढिएको

म्याग्दी, ११ बैशाख । म्याग्दीमा आईतबारदेखि स्थानीय तहमा मनोनयन दर्ता सुरु भएको छ । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता अनुसार म्याग्दीको पालिकामा उम्मेदवार दर्ता सुरु भएको हो ।


आईतबार रघुगंगा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवार दर्ता बाहेक अन्य पालिकामा उम्मेदवारी केही ब्यक्तिले बाहेक मुख्य पदमा उम्मेदवारी दर्ता हुन सकेन् । कांग्रेसले मालिका, रघुगंगा, अन्नपुर्णमा अध्यक्ष, उपाध्यक्षसहित अन्य पदमा उम्मेद्वारी दर्ता गराएको छ ।


रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट वडानम्वर २ का भगवतीका भवबहादुर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै भगवती निवासी सागर भण्डारीले गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट वडानम्वर ६ कोट गाउँकी प्रेम कुमारी पुनले उम्मेदवारी दर्ता गर्नुभएको छ । भने, स्वतन्त्रबाट भगवतीका अनुरोध रिजालले गर्नुभएको छ । रघुगंगामा आईतबार ७४ जनाको मनोनयन दर्ता भएको छ ।


कांग्रेसले अन्नपुर्ण गाउँपालिका अध्यक्षमा बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजाले उम्मेदवारी दर्ता गर्नुभएको छ । भने, वडाअध्यक्ष पदमा पनि उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद रोका र उपाध्यक्षमा पिपला बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । साथै कांग्रेसले वडाअध्यक्षसहित सदस्यहरुको पदमा पनि उम्मेदवारी दर्ता गरेको छ ।

नेकपा एमाले र माओवादीले पालिकामा अध्यक्ष र उपाध्यक्षबाहेक वडा अध्यक्ष लगायतको पदमा उम्मेद्वारी दर्ता गरेका छन् ।