विशेष

रत्नेचौरको फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बिजयी

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बेनी बिजयी भएको । आइतबार साँझ सम्पन्न भएको फाइनल खेलमा आयोजक रत्नेचौर फुटबल क्लव ‘ए’ लाई १ का विरुद्ध २ गोल गदैं पर्वत बेनीको उत्साहीले उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक फाईनल खेलमा... पुरा पढ्नुहोस

बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई ओमकुमारी शान्ति कोष र मोना यूएईले राहत वितरण(फोटोफिचर)

म्याग्दी, ११ भदौँ बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मोना यूएईले संकलन गरेको राहत कोषले वितरण गरेको छ। कोषले संकलन गरेको रकम बाढीले प्रभावित भएका डुडुवा गाउँपालिका वडा १ को खडैचा र कधाई पुर्वाका पिडितहरुलाई वितरण गरिएको हो । साउन २८ गते विहान ७ बजे... पुरा पढ्नुहोस

एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग

म्याग्दी, १० साउन । एभरग्रीन युवा क्लब बेनीले पात्लेखेतका पहिरो पीडितलाई शनिबार राहत स्वरुप नगद सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अनुसार, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५/५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । क्लबका... पुरा पढ्नुहोस

तेस्रो एभरग्रीन कपको आयब्यय सार्वजनिक

म्याग्दी, १० भदौ । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगितामा दर्ता शुल्कबाट २... पुरा पढ्नुहोस

दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष

म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष... पुरा पढ्नुहोस

मुस्ताङमा थापाखोलाबाट विद्युत् उत्पादन सुरु

मुस्ताङ भदौ १० गते । टुकुचेको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ ।भदौको अन्तिम सातासम्ममा १३।६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ । थासाङ गाउँपालिका १ मा उक्त आयोजनाले टुकुचे हिमालबाट आएको पानीबाट विद्युत् उत्पादन... पुरा पढ्नुहोस

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग

  म्याग्दी, ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट... पुरा पढ्नुहोस

रघुगंगाको केन्द्र बहुमतले मौवाफाँट राख्ने निर्णयप्रति झिँ र पाखापानीका जनप्रतिनिधिको विरोध

बेनी ८ भदौ । झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।रघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले... पुरा पढ्नुहोस

खोला र कुलोको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हट्यो

तोराखेत ५ भदौ । म्याग्दीको मंगला गाउँपालीका २ मा निर्माण भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाई आयोजनाको सोमबार उद्घाटन गरिएको छ ।मंगला गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले आयोजनाको उद्घाटन गर्नुभएको हो । ब्रिटिस गोर्खा वेयलफेयरको १४ लाख ८४ हजार ३८९ र उपभोक्ताको नौ लाख चार हजार ९०६ रुपैया लगानीमा निर्माण भएको... पुरा पढ्नुहोस

विपद जनसेवा ब्युरो गठन सम्वन्धी अन्तक्रिया सम्पन्न

म्याग्दी, ५ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला देवीप्रकोप उद्वार समिति म्याग्दीले स्थानीय स्तरमा घटेका घटनालाई ब्यवस्थापन गर्ने उद्देश्यले विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथ क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले देशमा हुने... पुरा पढ्नुहोस