विशेष

सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग

म्याग्दी, २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनीक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको... पुरा पढ्नुहोस

दिले दमाइको उपचारका लागि सहयोगको अपिल

बेनी, २३ पुष । बेनी नगरपालीका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गरेका हुन् । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत... पुरा पढ्नुहोस

‘लिफ्ट प्रविधिले पुर्‍यायो म्याग्दी नदीको पानी खबरामा’: सिचाई आयोजनाको उद्घाटन (फोटो फिचर)

https://www.youtube.com/watch?v=27pmDPRYjSI म्याग्दी २३ पुस । म्याग्दीको बेनी नगरपालीका– २ खबरामा निर्मित ‘लिफ्ट प्रबिधि’को सिचाई आयोजना उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिचाई आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा ‘लिफ्ट प्रबिधि’ को... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा ६९ जना अपाङ्गलाई परिचयपत्र वितरण

म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सम्पन्न भएको छ । महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा दुई दिनसम्म सञ्चालीत शिवीरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गाता परिचयपत्र वितरण गरिएको छ । ३५ जना महिला र ३४ जना महिलालाई... पुरा पढ्नुहोस

जाडोमा माछाको सुप खाँदै हुनुहुन्छ ! हेर्नुस यसरी खेल्छन म्याग्दीखोलामा बल्छी ! (भिडियो सहित)

https://www.youtube.com/watch?v=2onM_0DNwIk म्याग्दी, २२ पुस । बेनी नगरपालिका–४ तातोपानी बजारमा अहिले म्याग्दी खोलाको माछाको माग उच्च छ । चिसो याममा तातोपानी कुण्डमा डुबेर स्नान गर्ने र तातो माछाको सुप खान आउनेहरुको संख्या बढेको तातोपानी स्थित हिमालयन गेष्ट हाउसका सञ्चालक कुमार केसीले बताउनुभयो । म्याग्दी खोलामा तातोपानी र बरंजा तर्फका केही व्यक्तिहरुले... पुरा पढ्नुहोस

शुभकामना कृषी सहकारी संस्थाको अध्यक्षमा पौडेल चयन

सिंगा २२ पुष । बेनी नगरपालीका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दसौ साधारणसभाबाट केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित भएको छ । सहकारीको उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा श्रीलाल पौडेल, कोषाध्यक्षमा सरस्वती शर्मा, सदस्यहरुमा अणबहादुर खड्का (भगवान), खड्ग कार्की, लोकनाथ पाध्या, ईश्वरसिङ खत्री र मीनाकुमारी देवेन्द्रबहादुर बानियाको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको सकरात्मक पहल, सार्वजनिक यातायातको भाडादर समायोजन

म्याग्दी, ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात... पुरा पढ्नुहोस

राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने

काठमाडौं २१ पुस  । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।... पुरा पढ्नुहोस

बमको छर्राले गुमेको आँखाको उपचारमा सहयोग गर्न सुकुम्बासी सुनारको याचना (भिडियो सहित)

https://www.youtube.com/watch?v=ZzifPqOUtsk म्याग्दी, २१ पुस । म्याग्दी बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारले आफ्नो आँखाको उपचारमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ । ९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले डाक्टरहरुले एउटा आँखाको उपचार सम्भव रहेको बताएकाले उपचारको लागि आर्थिक सहयोग गर्न सार्वजनिक रुपमा... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा स्नानको भिड

म्याग्दी, २१ पुष । म्याग्दीको बेनी नगरपालिका ४ सिगाँमा रहेको प्रसिद्ध तातोपानी कुण्डमा पुष माघको जाडो सिजनमा स्नान गर्ने मानिसहरुको भिड लागेको छ । उपचारको रुपमा प्रसिद्ध रहेको तातोपानी कुण्डमा विरामी संगै अन्य मानिसहरुको भिड लाग्ने गरेको हो । तातोपानी कुण्डमा डुब्नेको भिड भएपछि त्यहाँ पुरुष र महिलाको समय तालिका... पुरा पढ्नुहोस