विशेष

अन्नपूर्णको ११ औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगरद्वार प्रस्तुत नीति तथा कार्यक्रम

सभाका अध्यक्ष महोदय, उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु, १. संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता,सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक... पुरा पढ्नुहोस

अन्नपूर्णको ११ औँ गाउँसभा : करिब ४१ करोडको बजेट पारित, कोरोना रोकथाम र नियन्त्रण प्राथमिकतामा

म्याग्दी ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले करिब रु ४१ करोडको बजेट पारित गरेको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको ११ औँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४० करोड ९४ लाख २६ हजार बराबरको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको गाउँसभामा... पुरा पढ्नुहोस

म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असार । म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आईतबार विहान विज्ञप्ति मार्फत म्याग्दीमा थप संक्रमित बढेको पुष्टि गरेको हो । रघुगंगा गाउँपालिका– २ का ३० वर्षिया महिला र ९ बर्षिया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले... पुरा पढ्नुहोस

रघुगंगामा बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक

म्याग्दी ५ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण सुरु... पुरा पढ्नुहोस

म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लिद्धारा यायायात व्यवसायीलाई रु १२ लाख राहत

म्याग्दी ५ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यातायात व्यवासायिहरु समेत समस्यामा परेपछि म्याग्दी यातायात व्यवसायी कम्पनीले प्रा.लि.ले रु १२ लाख राहत वितरण गर्ने भएको छ । प्रा.लि.मा आबद्ध १ सय ६० जना व्यवसायिलाई प्रति सदस्य रु ७ हजार ५ सयका... पुरा पढ्नुहोस

पर्वतमा ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालको ओपिडि सेवा बन्द

पर्वत ५ असार । पर्वतमा कोरोना संक्रमणको जोखिम बढेको छ । भारतको सिमानाका हुँदै आएकाहरुमा कोरोना संक्रमण देखिएकोमा पहिलो पटक अस्पतालका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको हो । पर्वतको जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५... पुरा पढ्नुहोस

आमाको पुण्यतिथिमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनुभएकी समाजसेवी बिमला गौचन मार्फत सो राहत... पुरा पढ्नुहोस

भीरमुनिमा बन्यो स्तरिय खेलमैदान (तस्बिर/ भिडियो)

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–५ भीरमुनिमा खेलमैदान निर्माण भएको छ । खेलमैदान निर्माण भएसंगै स्थानीय युवा र बालबालिकाहरुलाई खेल अभ्यासको लागि सहजता मिलेको छ । https://www.youtube.com/watch?v=AyhimJ630ac प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाको निर्वाचन क्षेत्रविकास कार्याक्रम अन्र्तगतको रु १० लाख बजेटबाट ४५ मिटर लम्बाई र २४ मिटर चौडाइ भएको खेलमैदान... पुरा पढ्नुहोस

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

पर्वत ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर वेपत्ता एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी... पुरा पढ्नुहोस

म्याग्दीका थप १५ जनाकाे स्वावको पीसीआर रिपोर्ट नेगेटीभ

म्याग्दी, २ असार । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाव पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जेठ २५ गते पीसीआरका लागी स्वाब नमुना संकलन गरिएका भारतबाट आएका १२ जना, एम्बुलेन्स चालक एक र मजदुर दुई जना गरि १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस