विशेष

बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल... पुरा पढ्नुहोस

हिस्तान र राम्चेमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा,

म्याग्दी २३ कात्तिक ।    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई... पुरा पढ्नुहोस

मालिका र रघुगंगामा एमालेको चुनावी सभा

म्याग्दी २३ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका... पुरा पढ्नुहोस

सुनौलो फाँट ‘मौवाफाँट’(फोटो फिचर)

म्याग्दी २३ कात्तिक । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान पाकेपछि देखिएको पहेँलपुर फाँट । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा प्रमुख खाद्यबालीको रुपमा धान खेति हुने गरेको छ । गाउँपालिकाको केन्द्र बनेपछि यहाँ शहरीकरणको प्रभाब समेत बढ्दो छ । यतिबेला धान पाकेपछि कृषकहरु धान भित्र्याउने चटारोमा छन् । बिगतका बर्षको तुलनामा यस... पुरा पढ्नुहोस

सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

  डाेटी २२ कात्तिक । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२... पुरा पढ्नुहोस

जनप्रिय माविको नवनिर्मित भवन उदघाटन

दरबाङ २२ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उदघाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उदघाटन गरिएको हो ।नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उदघाटन गर्नुभयो । भवन उदघाटन गर्दै उहाँले भवन... पुरा पढ्नुहोस

निर्वाचनका लागि म्याग्दीमा झण्डै ११ सय कर्मचारी परिचालन

  म्याग्दी, २२ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट ११ सय जना कर्मचारी परिचालन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको सूचीअनुसार सो संख्यामा कर्मचारी परिचालन गरेको हो । जिल्लामा रहेको ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्रका लागि... पुरा पढ्नुहोस

‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’: बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र... पुरा पढ्नुहोस

बागलुङको निसेलढोरमा उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

बागलुङ २२ कात्तिक । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले... पुरा पढ्नुहोस

गठबन्धनका उम्मेदवारको मराङ, मल्कवाङ विम र दरवाङमा चुनावी सभा

  म्याग्दी, २१ कात्तिक । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव... पुरा पढ्नुहोस